नाडाको सहयोगमा पोखरामा ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आयोजना हुने, बुकिङ्ग खुल्ला
काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को सहयोगमा पोखरामा वाडा अटो शो आयोजना गरिने भएको छ। ‘नाडा प्रिजेण्ट्स् वाडा अटो शो २०२५’ आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा आयोजना हुन् लागेको बताइएको छ । यसका लागि वाडाले बिहिबार देखि बुकिङ्ग खुल्ला गरेको जनाएको छ ।
नाडाले यसअघि २०८१ पौष २० गते काठमाडौंमा आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरू बीच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा यस वर्ष पहिलो पटक पोखरामा वाडा अटो शो आयोजना गर्न लागिएको बताइएको छ।
नाडा प्रिजेण्ट्स् वाडा अटो शोमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, हेभि कमर्शियल तथा मेसिनरी इक्युप्मेन्ट्स्, वित्तिय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ।
वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले भने – अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पु¥याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा प्रिजेण्ट्स वाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने वाडाले अपेक्षा समेत राखेको छ । यसै क्रममा नाडाले सम्भाव्यता अध्ययनगरी आफ्ना प्रदेश एशोसिएशनहरु मार्फत नेपालका अन्य मुख्य मुख्य सहरहरुमा अटो प्रदर्शनीको आयोजना गर्ने बताइएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
