हमासले इजरायललाई पठायो नयाँ, शिरी बिबासको भएको दाबी
काठमाडौँ । हमासले शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको दाबी गरेको छ । इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको बताएका छन् ।
यसअघि हमासले बिहीबार इजरायललाई चार शव हस्तान्तरण गरेको थियो । तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।
अब फेरि एक पटक हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ ।
हमासले अक्टोबर ७, २०२३ मा ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ४ वर्षीया एरियल र ९ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो ।
इजरायलको सेना आइडिएफले गुप्तचर र फोरेन्सिक अनुसन्धान अनुसार, नोभेम्बर २०२३ मा आमासहित दुई बच्चालाई हमासले बर्बरतापूर्वक मारेको बताएको छ । यद्यपि, हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो । यस सम्बन्धमा, इजरायलले हमासलाई युद्धविराम सम्झौताका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
