सुती सुती दैनिक ३ लाख युआन कमाएको चिनियाँ महिलाको दाबी, छन ५० लाख फलोअर्स
बेइजिङ । चीनकी अनलाइन प्रभावशाली महिला गु सिक्सी फेरी विवादमा परेकी छिन । ओछ्यानमा सुतेर एकै दिनमा ३ लाख युआन कमाएको उनको दाबी पछि उनी बिबादको घेरामा परेकी हुन । तर जब उनले यसलाई ‘मेहनतको पैसा’ भनेर वर्णन गरिन अनि इन्टरनेटमा हंगामा मच्चिएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार मानिसहरुले उनलाई ‘निथल्ला’ भन्दै आलोचना गरिरहेका छन् । सिक्सीको ५ मिलियन भन्दा बढी फलोअर्स छन्। जसले भर्खरै उनले लाइभ स्ट्रिममार्फत आफ्नो कमाईका बारेमा खुलासा गरेकी हुन्।
उनका अनुसार गत फेब्रुअरी ८ र १६ को बीचमा एक प्रमुख लाइभ स्ट्रिमिङ प्लेटफर्मबाट कुल १०.३९ मिलियन युआन (अमेरिकन डलर १.४ मिलियन) बराबरको कारोबार गरि दिएकी थिइन, जसका कारण उनलाई लगभग २.७९ मिलियन युआनको कमिशन पाउन सफल भएकी थिइन् ।
त्यसपछि गु सिक्सीको भनाइ झन् विवादास्पद भयो, जब उनले यसो भनिन्, ‘जति धेरै मानिसहरूले मलाई सफल भएको देख्न सक्दैनन् र उनीहरूले मेरो जति आलोचना गर्छन्, त्यति नै मैले कमाउ नेछु। यो महिनामा हजारौं लाख कमाउने कुरा होइन, दिनमा नै हजारौं लाख कमाउने कुरा हो ? बुझ्यौं ?’ त्यसपछि उनले धम्कीको भाषा प्रयोग गरेको भन्दै ब्यापक आलोचना भइरहेको छ।
सन् १९९८ मा जियाङसु प्रान्तको नान्तोङमा जन्मेका गु सिक्सी यसअघि पनि विवादमा फसेकी थिइन । उनले ‘पिंग पोङ बल’ निल्नेजस्ता विचित्र स्टन्टहरू प्रदर्शन गरेर लोकप्रियता प्राप्त गरेकी थिइन । उनको एकाउन्ट पटक पटक निलम्बनसमेत भएको छ, कारण–अश्लील सामग्री। उनी कहिले मानिसहरूको अपमान गर्छिन भने कहिले लाइभ स्ट्रिममा बाथरूम क्लिपहरू साझा गर्छिन् । एक पटक त उनले १५ वर्षको उमेरमा दुई वर्षको सजाय पाएकोसमेत बताएकी थिइन । उनले आफ्नो विगतले छोराछोरीको भविष्यलाई असर नगर्ने पनि बताउँदै आएकी छिन् ।
उनले आफ्नो सम्पत्तिको खुलासा गरेको यो पहिलो पटक भने होइन । गत नोभेम्बरमा उनले दावी गरेकी थिइन् कि उनी नान्टोङमा २ हजार वर्ग मिटरको भिला किन्न जाँदैछिन्, जसको मूल्य २ करोड युआन (२.७ मिलियन अमेरिकी डलर) भन्दा बढी हुनेछ।
अहिले भारी आलोचना पछि गु सिक्सीले फेब्रुअरी १७ मा लाइभ स्ट्रिममा स्पष्टीकरण दिदैँ भनिन, ‘जे जति कमाए, मैले आफ्नै मेहनतले कमाएको हुँ ।’
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

