०६ फागुन २०८२, बुधबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

छावाका निर्मातालाई १०० करोड मानहानीको धम्की, निर्देशकले मागे माफी

मुम्बइ । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले हलमा कमाईका नयाँ कीर्तिमान बनाउन व्यस्त रहेको छ । फिल्मले लगातार राम्रो कमाइ गरिरहेको छ  । चलचित्र निर्देशक लक्ष्मण उतेकरको निर्देशनमा बनेको यो चलचित्र अझै पनि सुस्त हुन सकेको छैन ।

तर, योसँगै फिल्म विवादमा पनि परेको छ । वास्तवमा यो पिरियड ड्रामा फिल्मले इतिहाससँग छेडछाड गरेको र कतिपय पात्रलाई राम्रोसँग प्रस्तुत नगरेको आरोप लागेको छ । साथै, १०० करोडको मानहानीको मुद्दा हाल्ने धम्की समेत दिइएको छ । अब यस फिल्मका निर्देशक लक्ष्मण उतेकरले प्रतिक्रिया दिएका छन् ।

सबैलाई थाहा छ ‘छावा’ फिल्म महान शासक छत्रपति संभाजी महाराजको बायोपिक हो। यो चलचित्रमा सुरुदेखि नै मानिसको नजर र प्रतिक्षामा रहेको पनि थियो । सुरुमा फिल्मका केही नृत्य दृश्यलाई लिएर विरोध भएको थियो, त्यसपछि फिल्मले तत्काल कारबाही गर्दै ती आपत्तिजनक दृश्यहरू अन्तिम समयमा हटाएको थियो ।

अब यस फिल्मका दुई विशेष पात्रका सन्तान गणोजी शिर्के र कान्होजी शिर्केले विक्कीको फिल्ममा आफ्ना पुर्खाको पात्रको छवि तोडफोड गरी इतिहासलाई गलत ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको आरोप लगाएका छन् । गणोजी र कान्होजी शिर्केका १३ औं सन्तान लक्ष्मीकान्त राजे शिर्केले १०० करोड मानहानीको मुद्दा हाल्ने धम्की दिएका छन् ।

यसबारे निर्माण पक्षबाट पनि प्रतिक्रिया आएको छ । यो कुरा फिल्मका निर्देशक लक्ष्मण उतेकरलाई थाहा हुने बित्तिकै उनले तत्काल गणोजी शिक्रे र कान्होजी शिक्रेका परिवारलाई भेटेर माफी मागेको भारतीय सञ्चारमाध्यमले लेखेका छन ।

फिल्म छावासँग सम्बन्धित यो नयाँ विवादमा लक्ष्मण उतेकरले माफी मागेको जनाए ।  ‘हामीले फिल्म छावामा गणोजी र कान्होजी शिर्केको नाम मात्रै उल्लेख गरेका छौं । हामीले उनको थर पनि प्रयोग गरेका छैनौं। हामीले फिल्ममा हाम्रो कुनै पनि गाउँको उल्लेख नगर्ने ख्याल राखेका छौं। शिर्के परिवारलाई दुख दिने हाम्रो मनसाय कहिल्यै थिएन । यदि छावाले कसैलाई कुनै किसिमको अप्ठ्यारो परेको छ भने म माफी माग्न चाहन्छु ।’

फिल्मको बारेमा कुरा गर्दै छावाले रिलिज भएको १० दिनमा विश्वभर ४४४.५० करोड कमाइ सकेको छ । यो कमाउने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान

एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
  • गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
  • परिचयपत्र हरायो ? यी सरकारी कागजातले पनि गर्न सकिन्छ मतदान
  • एसईई परीक्षाको तयारी गर्दे हुनुहुन्छ ? यसरी गर्नुहोस तयारी
  • फोटोन बन्यो १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी : नेपालमा थप सुदृढ बन्दै

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.