ट्रम्पले विदेशी नागरिकलाई भने– ५० लाख डलर देऊ, अमेरिकी नागरिकता लैजाऊ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख डलर तिरेर विदेशीलाई अमेरिकी नागरिकता दिने नीति अघि सारेका छन् ।
मंगलबार वासिंगटनस्थित ओभल अफिसबाट उनले भने, ‘हामी गोल्ड कार्ड बेच्दैछौं । तपाईंसँग ग्रिन कार्ड छ। यो गोल्ड कार्ड हो। हामी त्यो कार्डको मूल्य लगभग पाँँच मिलियन राख्नेछौं र त्यसले तपाईंलाई ग्रिन कार्ड विशेषाधिकार दिनेछ, साथै यो नागरिकताको बाटो हुनेछ। र, धनी मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन्।’
गोल्ड कार्ड करिब दुई सातापछि विक्री सुरु हुने ट्रम्पले बताएका छन् । ५० डलर भनेको नेपाली रुपैयाँ करिब ७० करोडजति हुन्छ ।
सीएनएनका अनुसार राष्ट्रपति ट्रम्पले यस्तो गोल्ड कार्ड रुसी प्रभावशाली व्यापारीहरूलाई पनि बेचिने बताएका छन् । उनले केही रुसी धनाढ्यहरू अत्यन्तै राम्रा मान्छेका रूपमा आफूले चिनेको बताएका छन् । ट्रम्पले रुसी नागरिकलाई लक्षित गरी यस्ताे याेजना अघि सारिएकाे अनुमान गरिएकाे छ ।
अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले यस्तो कार्डले अमेरिकी सरकारको इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसालाई विस्थापित गर्ने बताए । इबी फाइभ इमिग्रेन्ट इन्भेस्टर भिसा विदेशी लगानीकर्तालाई अमेरिकी परियोजनाहरूमा लगानी गरेर रोजगारी सिर्जना गर्ने प्रयोजनका लागि दिने गरिन्छ ।
ट्रम्पको पहिलो कार्यकालमा कांग्रेसका सांसदहरूबाट यस कार्यक्रमको आलोचना भएको थियो, धेरैले यो आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको चेतावनी दिएका थिए।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
