ट्रम्पले थप कर लगाउने घोषणा गरेपछि आयो चीनको प्रतिक्रिया
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।
ट्रम्पले यस अघि आफ्नो कार्यकाल शुरु गर्ने बित्तिकै चीनमाथि १० प्रतिशत शुल्क लगाएका थिए । ट्रम्पको आदेशपछि चिनियाँ आयातमा पहिले नै १० प्रतिशत भन्सार लगाइएको थियो ।
ट्रम्पले बिहीबार चीन र मेक्सिकोमा २५ प्रतिशतसम्मको भन्सार लगाउन सक्ने बताएका छन् । यी बढेका करहरू मार्च ४ बाट लागू हुन सक्ने समेत बताइएको छ ।
यसबाहेक, चीनको विदेश मन्त्रालयले पनि उइघुर मुस्लिमहरूको बारेमा अमेरिकाको बयानलाई अस्वीकार गरेको छ । अमेरिकाले चीनले उइगर मुस्लिमहरूमाथि नरसंहार गरिरहेको बताएको थियो । यसको जवाफमा चीनको विदेश मन्त्रालयले अमेरिकाको आरोप ‘शताब्दीको सबैभन्दा ठूलो झूट’ भएको बताएको छ ।
चीनको विदेश मन्त्रालयले राजनीतिज्ञहरूले सिनजियाङको बारेमा ‘झूट फैलाउन बन्द गर्नुपर्छ’ भनेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

