‘रेशम फिलिली’ हलमा लाग्यो कि भूकम्प आइहाल्ने
काठमाडौं । शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोककोे भोटेकोशी गाउँपालिका भैरभकुण्ड केन्द्रविन्दु भई ६.१ रेक्टर स्केलको भूकम्प गयो । मस्त निद्रामा रहेका मानिसहरू सबै बाहिर निस्के । कोही कराउन थाले । तर भूकम्पको झड्का ठूलो भए पनि क्षति भने त्यति हुन पाएन ।
बिहानदेखि सामाजिक सञ्जालमा भूकम्पबारे चर्चा परिचर्चा सुरु नै थियो । यसैक्रममा हास्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढाले सामाजिक सञ्जालमा लेखे, ‘रेशम फिलिली’ भुइँचालोको सम्बन्ध के हो ?’ हुन पनि ‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध देखिएको छ । २०७२ वैशाख ११ गते प्रदर्शनमा आएको चलचित्र थियो, ‘रेशम फिलिली’ ।
‘जालमा’ गीतको लोकप्रियताका कारण चलचित्रले उत्साहजनक ओपनिङ गर्यो । तर, रिलिजको दोस्रो दिन अर्थात् वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गएपछि चलचित्र चल्नै पाएन । नौ वर्षपछि यसको सिक्वेल ‘फेरि रेशम फिलिली’ यतिबेला हलहरुमा प्रदर्शनरत छ । यसपटक पनि चलचित्र रिलिज र भूकम्पको संयोग जुरेको छ ।
‘रेशम फिलिली’ र भूकम्पको सम्बन्धलाई लिएर यतिबेला सामाजिक सञ्जाल नै भरिएको छ । ट्रोल पनि उत्तिकै बनेका छन् । यसले चलचित्रप्रति दर्शकको चासो बढाएको छ । महाशिवरात्रिको दिनबाट प्रदर्शनमा आएको ‘फेरि रेशम फिलिली’ ले औसत व्यापार गरिरहेको बताइएको छ ।
नेपालीहरुको अमेरिका मोहको कथामा बनेको चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रविन्द्र झालगायतको अभिनय रहेको छ । निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र लाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

