गोरखाको पद यात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो ईलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ ।
चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाई सावधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछी बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ ।
यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बल नेपालका बोर्डर आउट पोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बिओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बिओपी हरुले ती क्षेत्रमा बिपद् उद्वारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको छ ।
हाल उत्तरतर्फ १० वटा बिओपी रहेकोमा प्रत्येक १० किलोमिटरमा स्थापना गर्ने संगठनको दिर्घकालिन लक्ष्य रहेको छ । हिमाली क्षेत्रमा आवतजावत गर्दा कुनै समस्या भएमा र सुचनाको लागि सशस्त्र प्रहरी बल नेपालको हटलाईन नम्बर १११४ मा फोन गर्न समेत अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
