पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान नेपालको पश्चिमतर्फ बढ्दै
काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको बताइएको छ। अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको कम्पनीले जनाएकाे छ ।
कम्पनीका अनुसार विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ ।
पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको बताइएको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गर्नुका साथै जसमध्ये सबैले यसको पर्यावरण-मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेको जनाइएकाे छ।
दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार रहेको कम्पनीले बताएको छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पुर्याउँछ ।
नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सका कार्यकारी निर्देशक श्री अखिल गुप्ताले भने – ‘पूर्वी क्षेत्रबाट आएको अत्यधिक प्रतिक्रियाबाट हामी उत्साहित छौं र पश्चिमी नेपालमा प्रोटोन इमास ७ ल्याउन उत्सुक छौं । हाम्रो लक्ष्य देशको विकसित गतिशीलता आवश्यकताहरू पूरा गर्ने भरपर्दो, कुशल र वातावरणमैत्री समाधान प्रदान गर्नु हो ।’
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टलहरु,हेर्नुहोस् फोटो फिचरमा
१८औं नाडा अटो शो भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुदैँ : जी १ ह्युमनोइड रोबोट र गो २ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण
१८औं नाडा अटो शोमा ५३ सवारी ब्राण्डसहित अटोमोबाइल उद्योगको भव्य प्रदर्शनी
जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

