नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नायिका स्वस्तिमा खड्का नियुक्त
काठमाडौं । नेपाल टेलिकमले कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाई नेपालकै अत्यधिक सफल अभिनेत्रीको रुपमा चिनिनु भएकी चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ।
नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरेको कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्का प्रति आभार प्रकट गरिन्।
कार्यक्रममा ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आवद्ध हुन पाउँदा खुशी व्यक्त गरिन्। उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।
यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्नेछिन्। हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यबस्था समेत सम्झौता पत्रमा उल्लेख रहेको टेलिकमले जनाएको छ।
सम्बन्धित समाचार
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


