हमासलाई ट्रम्पको अन्तिम चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकहरूको रिहाइको विषयमा हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नरहने चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने, हमासका एक जना पनि सदस्य सुरक्षित हुनेछैनन् ।’
ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले यस्तो लेखेका हुन् । उनले आफ्नो पोस्टमा थप भनेका छन्, ‘सबै बन्धकहरूलाई अहिले नै रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो ।’
ट्रम्पले सर्वसाधारणलाई धम्की दिँदै गाजाका जनताको सुन्दर भविष्य पर्खिरहेको उल्लेख गर्दै हमासको बचाउ नगर्न भनेका छन् । ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
