धुलिखेल अस्पतालका चिकित्सकको आत्महत्या प्रयासको घटनामा काउन्सिलको हस्तक्षेपपछि बन्यो छानबिन समिति
काभ्रे । धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिन समेत जारी गरेको सूचनामा उल्लेख छ ।
आवासिय चिकित्सकले ओभरडोज औषधी सेवन गरेको र अस्पतालमै उपचार पश्चात् अहिले सामान्य अवस्थामा फर्किएको अस्पतालले यस अघि नै जनाएको थियो ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको अस्पतालले सूचना जारी गरी जानकारी दिएको थियो ।
गत फाल्गुन ४ गते चिकित्सकले आत्महत्याको प्रयास गरेकोमा काउन्सिलको पत्र बमोजिम ४ जनालाई ७ दिनका लागी निलम्बनमा राखिएको धुलिखेल अस्पतालले जारी गरेको सूचनामा उल्लेख थियो । गत १२ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कुल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको हो ।
उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।
अस्पताल प्रशासन घटनाबारे चुप रहेता पनि काउन्सिलको निलम्बन पत्र पश्चात भने निलम्बन गरिएको सूचना जारी गरेको थियो । सूचना पश्चात् स्कुल अफ मेडिकल साइन्सेजको डीन कार्यलयले स्वतन्त्र छानबिन समिति गठन गरेको हो ।

सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नारायणी अस्पताल घटनाको विरोधमा रौतहटमा पनि चिकित्सकको आन्दोलन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
