केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’
काठमाडौं । नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ।
भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।
राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।
उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।
कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ।
पूर्वराष्ट्रपति भण्डारी पुन: राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।
मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

