थाइल्यान्डमा रिड्डारा आरडी६ ले जित्यो सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड
काठमाडौं । जिली होल्डिङ्ग समूहको रिड्डारा आरडी ६ ले २०२५ को सर्वश्रेष्ठ ईभी पिकअप अवार्ड थाइल्यान्डमा जितेको बताइएको छ । जसले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ । यो पुरस्कार आरडी६ को नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउने जनाइएको छ।
रिड्डारा आरडी ६ को लन्च र ग्राहक प्रतिक्रिया
नेपालमा रिड्डारा आरडी६ लाई २०२४ को नाडा अटोशोमा लन्च गरिएको थियो, जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको बताइएको छ ।
नेपालमा रिड्डारा आरडी ६ :
नेपालमा रिड्डारा आरडी६ सीजी मोटर्सले नेपालमा रिड्डारा आरडी६ को प्रस्तुतिका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको आरडी६ मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (एमएपी) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (एसईए) प्लेटफर्ममा आधारित छ।
मुख्य विशेषताहरु:
गाडीमा २०० किलीवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (पीएमएसएम) रहेको छ जसले २७२ पीएस र ३८४ एनएम टोक प्रदान गर्दछ ।
ब्याट्री र दायरा: ६३ किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको एनईडीसी- दावी गरिएको छ जसले ३७७ किमिको दूरी तय गर्ने छ।
चार्जिङ: ७.२ किलीवाट एसी चार्जिङले ९.५ घण्टामा फूल चार्ज हुन्छ ।
व्हीकल–टु–लोड (V2L): व्हीकल-टु-लोड ६ किलोवाट सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्षम हुने छ ।
उन्नत ग्राउन्ड क्लियरन्स: उन्नत ग्राउन्ड क्लियरन्स २२५ मिमी, जुन आईसीई पिकअपहरूभन्दा २०% बढी छ। गाडीमा १२०० लिटरको बुट स्पेस छ । जसमा पावर सॉकेटहरू समावेश छन्।
Cargo स्पेस: म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि) रहेको छ ।
प्रिमियम इन्टेरियर्स: लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ ।
आकार: ५२६० मिमी (लम्बाइ) x १९०० मिमी (चौडाइ) x १८६५ मिमी (उचाइ), ३१२० मिमी व्हीलबेस रहेको छ ।
सस्पेन्सन:म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि) रहेको छ ।
नेपालभर २२ सर्भिस सेन्टरहरुसहित सीजी मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको जनाइएको छ । त्यसैगरी, २४० प्लस चार्जिङ स्टेसनहरूसँग, रिड्डारा आरडी६ ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा रहनुका साथै अन्य ब्राण्डहरू भन्दा प्रतिस्पर्धामा अरुभन्दा माथि राख्ने बताइएको छ ।
सम्बन्धित समाचार
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
यस्तो छ आजको मौसम पुर्वानुमान
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन