पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित
काठमाडौँ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई १२७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
आर्मीले दिएको २६३ रनको लक्ष्य पछाएको कर्णालीले ३७.१ ओभरमा अलआउट हुदै १३५ रन मात्र बनाएको थियो । कर्णालीका लागि प्रकाश जोशीले अविजित ५० रन बनाएका थिए भने विपिन रावलले २३ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शाहाब आलमले सर्बाधिक ३ विकेट लिए भने सोमपाल कामी, आकाश चन्द र कुशल मल्लले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउदै २६२ रन बनाएको थियो । आर्मीका लागि ट्रीत राज दासले सर्बाधिक ६९ रन बनाए भने कप्तान विनोद भण्डारीले ५६ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले ४० र बसिर अहमदले ३६ रन बनाएका थिए । त्यसैगरी कर्णालीका प्रकाश जोशीले ४ र दिनेश अधिकारीले ३ विकेट लिएका थिए ।
यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

