पीएम कपमा कोशी प्रदेशको पहिलो जित
काठमाडौँ । जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । आइतबार एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश केवल ३१ रनमा अल आउट भएको थियो । २०.४ ओभरमा अल आउट हुदै गण्डकीले ३१ रन बनाएको थियो । गण्डकीलाई अल आउट गर्नेक्रममा कोशीका विपिन महतोले ६ विकेट लिएका थिए भने फिर्दोश अन्सारीले ३ विकेट लिएका थिए ।
गण्डकीले बनाएको ३१ रन पीएम कपको इतिहासमा दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पीएम कपकै इतिहासमा सबैभन्दा कम २५ रन मात्र बनाएको थियो । यसरी गण्डकीले ३१ रन मात्र बनाएर आफ्नो नाम लज्जास्पद किर्तिमानमा दर्ज गराएको छ ।
यो जितपछि कोशी प्रदेशले पहिलो जित हासिल गरेको हो । यो जितपछि कोशीको ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकीको भन ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।
सम्बन्धित समाचार
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

