संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय सिमाना, जसको लम्बाइ ८५ मिटर मात्रै
काठमाडौं । यदि तपाईंलाई संसारको सबैभन्दा लामो अन्तर्राष्ट्रिय सीमा कुन दुई देशहरू बीच छ भनेर सोधियो भने तपाईंको जवाफ पक्कै पनि क्यानाडा र अमेरिका हुनेछ। यी दुई देशहरू एकअर्कासँग सबैभन्दा लामो अन्तर्राष्ट्रिय दूरी साझा गर्छन्। तर पृथ्वीको सबैभन्दा सानो अन्तर्राष्ट्रिय सिमाना कुन हो ? भनेर सोधियो भने केही छिन तपाइ अलमलमा पर्नु हुन्छ । किनभने, त्यसैले यसको उत्तर धेरै कम मानिसलाई मात्रै थाहा छ ।
यस्तो अवस्थामा हामी तपाईलाई बताउन चाहन्छौं कि संसारको सबैभन्दा छोटो अन्तराष्ट्रिय सीमाका बारेमा, जो केवल ८५ मिटर मात्रै रहेको छ । हो, स्पेन र मोरक्कोलाई जोड्ने एउटा सिमाना जम्मा ८५ मिटरको रहेकोछ । अझ तपाईले यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यो एउटा सानो चट्टानसँग मात्रै जोडिएको छ।
यस चट्टानको नाम ‘पेनोन दे वेलेज दे ला गोमेरा’ हो, जुन उत्तर अफ्रिकामा अवस्थित रहेको छ। यो चट्टान धेरै विशेष छ किनभने यो संसारको सबैभन्दा सानो अन्तराष्ट्रिय राष्ट्रिय सीमानाको एक भाग हो। यस चट्टानको क्षेत्रफल करिब १९ हजार वर्ग मिटर छ । सन १५६४ मा पेड्रो डे एस्टोपिनन, एक स्पेनिश जनरलले यसलाई कब्जा गरेका थिए, तब देखि यो स्पेनको एक हिस्साको रूपमा रहदैँ आएको छ ।
मोरक्कोले यसलाई धेरै पटक आफ्नो दाबी गरेको थियो तर स्पेनले भने यसलाई कहिल्यै छोडेन र मोरोक्कोको दावी अस्विकार गर्दै आयो । जसका कारण अहिले पनि स्पेनी सिपाहीहरू त्यहाँ बस्छन्, जसले यसको सुरक्षा गर्छन्। स्पेनको भूमि सीमा करिब २००० किलोमिटर लामो छ । यो अन्तर्राष्ट्रिय सीमा पोर्चुगल र फ्रान्ससँग छ। तर स्पेनको पनि धेरै देशहरूसँग सानो सीमाना रहेको छ, एन्डोरा, जिब्राल्टर (युनाइटेड किंगडम) र मोरक्कोसँगको जस्तै।
यी मध्ये मोरक्कोसँगको यो सिमाना जम्मा ८५ मिटर छ, जो संसारको सबैभन्दा सानो सिमारेखा हो । यो सीमानाले मोरक्कोको तटसँग स्पेनको ‘पेनोन दे वेलेज जोड्छ। यो चट्टान उत्तर अफ्रिकामा रहेको स्पेनको ती विशेष क्षेत्रहरू मध्ये एक हो।
खासमा पहिले यो स्थान एउटा ठुलो चट्टानको टापु थियो। तर, १९३४ मा आएको बिनाशकारी भूकम्पले यसलाइ सानो बनायो, त्यसपछि यो टापु प्रायद्वीप बन्यो। त्यसयता यो ८५ मिटरको सिमानालाई विश्वको सबैभन्दा सानो सिमाना भनिदै आएको छ ।
सम्बन्धित समाचार
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
