डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु
भैरहवा । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले आयात गरेको चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान डोङफेङ इभी गाडीको भैरहवामा पनि विक्री सुरु गरिएको छ । नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको त्रिवेणी मोटर कर्पोरेशनले भैरहवाका लागि आधिकारिक विक्रेता किस्मत अटोमोबाईल्समा बुधबारदेखि बिक्री सुरू गरको किस्मत अटोमोबाईल्सका सञ्चालक कल्याण श्रेष्ठले जानकारी दिए । इलेक्ट्रिक गाडिहरुको डिमाण्ड बढेकोले भैरहवामा पनि बिक्री वितरण सुरु गरेको श्रेष्ठले बताए।

चीनमा बनेको डोङफेङ इभी गाडीको १४ र ११ सिट क्षमतामा उपलब्ध रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए । गाडीको मूल्य क्रमश ः ५६ लाख ५० हजार र ४७ लाख रुपैयाँ रहेको उनले बताए । बुटवलका लागि आधिकारिक विक्रेता उर्जा ग्रीन अटोमोबाइल्सका सञ्चालक लक्ष्मण अर्यालका अनुसार यो गाडीको ३ सय किलोमिटर रेन्ज छ ।
त्यस्तै गाडीको ब्याट्री र मोटरमा पाँचलाख किलोमिटर र पाँचवर्ष वारेन्टी रहेको अर्यालले जानकारी दिए । विक्री केन्द्रबाट सेल्स, सर्भिस र पार्टसको राम्रो सुविधा प्रदान गरिने किस्मत अटोमोबाईल्सका सेल्स म्यानेजर विशालजंग कुँवरले बताए।

सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय