पोप फ्रान्सिस ३८ दिन पछि डिस्चार्ज हुदैँ
काठमाडौं । पोप फ्रान्सिसलाई ३८ दिनसम्म दुवै फोक्सोमा निमोनियासँग लड्दै आइतवार अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । यो जानकारी उनका चिकित्सकहरुले दिएका हुन् ।
जेमेलीको मेडिकल डाइरेक्टर डा. सर्जियो अल्फेरीले फ्रान्सिसलाई भ्याटिकनमा निको हुन कम्तिमा २ महिना आराम गर्नुपर्ने बताए। फ्रान्सिसलाई ब्रोन्काइटिसका कारण १४ फेब्रुअरीमा जेमेली अस्पतालमा भर्ना गरिएको थियो । पछि उनलाई निमोनिया भयो, जसले उनको ज्यानलाई खतरामा पारेको थियो।
पोप फ्रान्सिसका डाक्टरहरूले १ महिनामा पोपको अवस्थाको बारेमा पहिलो व्यक्तिगत अपडेट प्रदान गरेका छन । यो संकेत हो कि उनले डबल निमोनिया विरुद्धको लडाईमा राम्रो र स्थिर प्रगति गरेका छन्।
८८ वर्षीय फ्रान्सिसलाई फेब्रुअरी २१ मा जेमेली अस्पतालमा ल्याइए पछि उनलाई पटकपटक सास फेर्न समस्या भएको थियो, जसले उनको अवस्था नाजुक बनाएको थियो, यद्यपि उनको अवस्था अहिले ठीक छ ।
अर्को समाचार अनुसार भ्याटिकनले घोषणा गर्यो कि फ्रान्सिस आइतवार बिहान अस्पतालमा उनको १० औं तल्लाको सुइटबाट तीर्थयात्रीहरूलाई आशीर्वाद दिन आइ पुग्नेछन्।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
