काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदै छ ।
मुम्बईको घरेलु मैदान वान्खडे क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी प्रतियोगितामा मुम्बईले लगातार दुई खेलमा हार बेहोरेको छ । पहिलो खेलमा चेन्नईसँग हारेको मुम्बई दोस्रो खेलमा गुजरातसँग पराजित भएको हो ।
त्यस्तै कोलकोताले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो ।