साझाले भित्र्याउने भयो ३० वटा सुविधासम्पन्न गाडी
साझा यातायातले तीस ओटा सुविधासम्पन्न गाडी भित्र्याउने भएको छ । भारतीय अशोक लेल्याण्ड कम्पनीबीच गत चैत ११ गते भएको सम्झौता अनुरुप सो बसहरु भदौ पहिलो साता काठमाडौं आइपुग्ने साझा यातायातले जनाएको छ ।
उक्त बसहरुमा दुई ओटा ढोका हुनुका साथै पछाडिको ढोकाबाट ह्वीलचियर छिर्ने अपांगमैत्री हुनेछ । चालक बाहेक ४० सिट क्षमताको बसको यात्रु हिँड्ने भाग फराकिलो हुनुका साथै सुरक्षाको लागि सिसिभिटी र मनोरञ्जनको लागि डिस्प्ले टिभी रहने व्यवस्था गरिएको छ ।
काठमाडौं महानगरपालिकाले साझा यातायातमा शेयर लगानी गरेको १० करोड रुपैयाँ रकमबाट खरिद गर्न लागिएको उक्त बसहरु उपत्यकाभित्र थप शहरी यातायातको रुपमा सञ्चालनमा ल्याउने जनाइएको छ । जसबाट उपत्यकामा यात्रुहरुलाई सहज र सुविधा पुग्ने कम्पनीले विस्वास लिएको छ । हाल १७ ओटा बस रहेको साझाको नयाँ बस आएसँगै ४७ बस हुनेछन् ।
यसैबीच भारतको मुम्बईस्थित अशोक लेल्याण्डको कारखानामा बन्दै गरेको बसहरुको बढी निर्माण अवलोकन गर्न एक टोली आइतबार मुम्बई प्रस्थान गरेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
