आइपीएलमा गुजरातको दोस्रो जीत
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ । रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्र्दै गुजरातले ८ विकेटले दोस्रो जीत निकालेको हो ।
टस हारेर पहिला ब्याटिङ गरेको बैंगलरूले ८ विकेट गुमाउँदै एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातनले १७.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य चुमेको हो ।
आइपिएलको १४औं खेलमा जुगरातलाई जित दिलाउन बटलरले ३९ बलमा आक्रमक ब्याटिङ गर्दै पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाउन सफल भए भने साइ सुदर्शनले ४९ तथा सेर्फान रुथरफोर्डले ३० रन जोडेका थिए ।
बटलर र सुदर्शनले दोस्रो विकेटको लागि ४७ बलमा ७५ रनको साझेदारी गर्दा बटलर र रुथरफोर्ड अविजित ६३ रनको साझेदारी गरेर गुजरातको जीतमा योगदान गरे ।
जितपछि गजरात ३ खेलमा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पहिलो हारपछि आरसिबी समान अंकसहित तेस्रो स्थानमा छ ।
चार टोलीको समान ४ अंक रहँदा नेट रनरेटका आधारमा पञ्जाव भने शीर्ष स्थानमा पुगेको छ ।
सम्बन्धित समाचार
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

