टोयोटाको ईभी जीएसी एवोन भीमा आधारित
काठमाडौं । टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स एसयूभी केहि समय अगाडी चीनमा सार्वजनिक गरेको थियो । उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो। यद्यपि टोयोटाको ब्रान्ड रहेको भए पनिबीजेडथ्रीएक्स विशेष गरी जीएसी एवोन भीमा आधारित रहेको जनाइएको छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ, तर यसको ब्याट्री प्रविधि भने फरक रहेको बताइएको छ।

फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको: लम्बाइ: ४,६०० मिमि, चौडाइ: १,८५० मिमि, उचाइ: १,६०० मिमि, ह्वीलबेस: २,७६५ मिमि रहेको छ। टोयोटाले दाबी अनुसार, बीजेडथ्रीएक्समा प्रयोग भएका ६५% पार्ट्स जीएसी सप्लायर्सबाट आपूर्ति गरिएको हो। चीनमै उत्पादन गरिएको यो गाडी टोयोटा र जीएसीको संयुक्त परियोजनामा बनेको हो। यस गाडीको बिक्रि सुरु भएलगत्तै एक घण्टामै १०,००० भन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्याससमेत भएको कम्पनीको दाबी रहेको छ ।

नेपालको सन्दर्भमा,जीएसी एवोन ब्रान्डको आधिकारिक वितरक सिजि मोटर्स रहेको छ। यस अन्तर्गत एवोन वाई र एवोन भी जस्ता विभिन्न इलेक्ट्रिक गाडीहरू उपलब्ध छन्। नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले सिजि मोटर्सले एवोन भी दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो। एवोन भीको विशेषता: लम्बाइ: ४,६०५ मिमि, चौडाइ: १,८५४ मिमि, उचाइ: १,६६० मिमि, ग्राउण्ड क्लियरेन्स: १८५ मिमि, ह्वील साइज: १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको रहेको जनाइएको छ।

अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ। लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ। प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ। सुरक्षाका हिसाबले यसमा ७ वटा एयरब्याग उपलब्ध छन्। एवोन भीको सुरुवाती मूल्य रु ६४ लाख ९९ हजार रुपैयाँदेखि राखिएको बताइएको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल