Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल लाइफले ३० लाख ९६ हजार कित्त सेयर एफपिओ गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २७
नेपाल लाइफले ३० लाख ९६ हजार कित्त सेयर एफपिओ गर्ने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार ४ सय २९ कित्ता सेयर प्रति कित्ता मूल्य रु २९ सय ५१ रुपैयाँ एफपीओ निस्कासन भएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा २८ सय ५१ रुपैयाँ प्रिमयम जोडेर प्रति कित्ता मूल्य रु २९ सय ५१ रुपैयाँ लागेको हो । कम्पनीले संस्थापक समूहमा रहेको ८० प्रतिशत सेयरलाई ७० प्रतिशतमा झार्दै बाँकी १० प्रतिशत सेयर निस्कासन गरेको हो । यसबाट कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने छ । बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ । अहिले कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । यो पुँजीका आधारमा कम्पनीले संस्थापक समूहमा रहेको १० प्रतिशतलाई साधारणमा झार्ने गरी एफपिओ गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स