नाइमा को औपचारिक घोषणा, साउनमा नेपाल मोबिलिटी एक्स्पो
काठमाडौं । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ संगठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ नाइमाको औपचारिक घोषणा गरिएको छ। बुधवार राजधानीको एक होटलमा संपन्न अटोमोबाइल व्यवसायीको नयाँ संगठनको औपचारिक घोषणा कार्यक्रमका साथै साउन २१ देखि २५ गतेसम्म सम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालमा सबैभन्दा ठूलो मोबिलीटी प्रदर्शनीको औपचारिक घोषणा पनि गरेको थियो । उक्त मोबिलीटी प्रदर्शनीको व्यवस्थापन मिडिया सोलुसन्सले गर्ने बताइएको छ ।
उक्त कार्यक्रममा एशोसिएसनकी अध्यक्ष रितु सिंह वैद्यले नेपालको मोविलिटी क्षेत्रको विकास, सामूहिक आवाजको प्रतिनिधित्व, रणनीतिक सहकार्य, गर्न एकीकृत प्लेटफर्मको रूपमा नाइमाले काम गर्ने बताएकी छन ।
उनले नाइमा नेपालको पहिलो गैर-राजनीतिक रूपमा गठबन्धन गरिएको संस्था हो भन्ने कुरामा जोड दिइन्, जुन स्वैच्छिक नेतृत्व र सर्वसम्मत सहभागिताको सिद्धान्तमा स्थापित छ, जसले कहिल्यै चुनाव नगर्ने बरु सहमतिमा आधारित निर्णय प्रक्रियालाई प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेको बताइन । कार्यक्रमको क्रममा, वैद्यले नाइमाका संस्थापक बोर्ड सदस्यहरू, सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीप कुमार शारदा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काबरालाई पनि परिचय गराइन ।
अटो शो समितिका सदस्य गौरव शारदाले एक्स्पोको लोगो र कार्यक्रम मिति घोषणा गरेका गरेका थिए भने संस्थापक बोर्ड सदस्य सुहृद राज घिमिरेले उक्त कार्यक्रमको समापनको सन्दर्भमा आफनो भनाइ राख्दै इमानदारी, दूरदर्शिता र सहयोगी भावनाका साथ संस्थालाई अगाडि बढाउने आफ्नो साझा प्रतिबद्धता रहेको बताएका थिए ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
