नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी सिक्स
काठमाडौं । ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल सुपर लिगका विशेष अतिथिका रूपमा नेपाल आगमन हुनु नेपाली खेलकुदको इतिहासमा एक उल्लेखनीय क्षण बनेको छ ।अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना भइरहेको यस लिगसँग सहकार्य गर्न पाउनु सिजी मोटर्सको लागि गौरवको विषय भएको बताइएको छ।
नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सिजी मोटर्सको एक्सपेङ जी सिक्सले फुटबलर कार्लोसको सम्पूर्ण नेपाल यात्रालाई सहज, सुरक्षित र सम्मानजनक बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्याउनेछ।

यस अवसरमा एक्सपेङ जी सिक्स र फुटबलर कार्लोसबीचको प्रतीकात्मक समानता उल्लेखनीय रहेको बताइएको छ। जी सिक्स उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो, जसरी कार्लोस आफैं तीव्रता, रणनीति र प्रेरणादायी उपस्थिति सहित मैदानमा उत्रिन्थे।
० देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको एक्सपेङ जी सिक्स, नवप्रवर्तन र गतिशीलताको प्रतीक बनेको कम्पनीले जनाएको छ ।
एक्सपेङ जी सिक्स लाई एक उत्कृष्ट इलेक्ट्रिक गाडीको रूपमा चिनिन्छ, जसले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ पाएको बताइएको छ। यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाट मोटर र ४४० एनएम टर्क उपलब्ध रहेको जनाइएको छ।

सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
