Jankari Kendra
९ श्रावण २०८३, शनिबार

नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, बैशाख, ११
नेपाली नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले विशेष ग्राहक केन्द्रित अभियान ०–५–१० को घोषणा गरेको छ,जसले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनियता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिविम्बित गर्ने कम्पनीले जनाएको छ ।

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफर अन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकहरुले निम्न विशेष सुविधा प्राप्त  प्राप्त गर्नेछन् :
५ वर्ष सम्म शुन्य सर्भिसिङ मूल्य : ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्नु हुनेछ, जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुनेछ । कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुनेछ ।

१० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी : प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनेछन्।

कम्पनीका अनुसार यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

यो विशेष ०–५–१० अभियान आगामी २०८१ बैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ र बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा लागु हुने कम्पनीले बताएको छ ।

सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंक प्रा.लि. का नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशक सम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन चाहन्छौ । ०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ ।’

यो आकर्षक अफरको वारेमा जानकारी लिनका लागि ग्राहकलाई कुनै पनि आधिकारिक बीवाईडी शोरुम वा नेपालभर चलिरहेका डिस्प्ले इभेन्टको भ्रमण गर्न आवहान गरिएको छ।

युट्युब सट्स