साउदी दरबारका ‘स्लिपिङ प्रिन्स’, जो २००५ देखी अझै सुतिराखेका छन्
रियाद । साउदी अरेबियाका राजकुमार अल–वालिद बिन खालिद बिन तलाल, जसलाई प्रायः ‘स्लिपिङ प्रिन्स’ भनेर चिनिन्छ । गत हप्ता उनले आफ्नो ३६ औं जन्मदिन कोमामा नै मनाएका छन् । उनले यसरी कोमामा नै जन्मदिन मनाएको झण्डै दुई दशक बढी भइसकेको छ, जसका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ भनिएको हो ।
सन् २००५ मा लण्डनमा भएको कार दुर्घटनामा मस्तिष्कमा गम्भीर चोट लागेपछि उनी कोमामा गएका थिए र त्यसबेला देखि नै उनी त्यही अवस्थामा कोमा नै रहेका छन ।
राजकुमार अल वालिद करिब १९ वर्षदेखि भेन्टिलेटर र फिडिङ ट्यूबको सहयोगमा जीवन बाँचिरहेका छन् । उनलाई रियादको किंग अब्दुलाजिज मेडिकल सिटीमा समर्पित मेडिकल टोलीको निगरानीमा राखिएको छ। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा केही वर्षयता कुनै परिवर्तनसमेत आएको छैन्, उनी जस्ताको तस्तै छन् । फगत यति हो कि उनी जीवीत रहेका छन् ।
सन २०१९ मा एक समय थियो, जब उनको औंलाहरूमा केही हल्का हलचल देखिएको थियो र उनको टाउको पनि हल्का हल्लिएको थियो। यो खबर उनको स्वास्थ्य लाभको लागि प्रार्थना गर्नेहरूका लागि आशाको किरण बन्यो। तर, बिडम्बना त्यस पछि कुनै ठोस सुधार भएको छैन।
राजकुमार अल वलीदका बुबा राजकुमार खालिद बिन तलाल र आमा राजकुमारी रीमा बिन्त तलाल अझै पनि अल्लाहको कृपा र छोराको जाग्ने आशामा बाँचिरहेका छन्। प्रिन्स खालिदले यसअघि धेरै पटक भनेका छन् कि उनले जीवन समर्थन उपकरणहरू हटाउन कहिल्यै अनुमति दिने छैनन किनकि उनी यसलाई अल्लाहको इच्छा मान्छन्।
यस वर्ष अप्रिल १८ मा उनको जन्मदिनको बारेमा परिवारले कुनै आधिकारिक बयान जारी गरेको छैन। तर संसारभरका मानिसहरूले सामाजिक सञ्जालमा उनको लागि प्रार्थना पठाए र एक दिन होश फर्कने आशा व्यक्त गरे।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

