काठमाडौं उपत्यकाभर चल्दै यामाहा एक्सचेन्ज अफर
काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई-पांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ। यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेछ। यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको बताएको छ।
यो सीमित अवधिको अफरमा ग्राहकहरूले निम्न फाइदाहरू लिन सक्ने छन् :
– जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम २५,००० रूपैयाँको भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य)।
– एक्सचेन्ज भ्यालु अझ बढाउन थप १०,००० रूपैयाँको अतिरिक्त भ्यालुएसन।
– धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा।
– यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा।
– ‘थ्रील अफ ३’ अफर अन्तर्गत १ लाखसम्मको स्योर शट छुट।
– उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू।
यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ। हाइ-माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको RayZR 125FI Hybrid देखि लिएर रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक R15 सम्म, यामाहाको मोडलहरू फरक फरक आवश्यकता अनुसार उपलब्ध छन्।
बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली MT-15 V2 उपयुक्त विकल्प हुन सक्छ भने, १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको Aerox 155 ले बिल्कुलै नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिन्छ। अफ- रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको WR 155R तयार छ। त्यस्तै, दैनिक सवारीका लागि स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि FZ-S V3 आदर्श विकल्प हो, जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको छ।
नेपालमा एमएडब्लु राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा, अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट ग्राहक सेवाका लागि अत्यन्तै विश्वासिलो ब्रान्ड हो। यामाहा सधैं नयाँ प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्दै नेपालभर उत्कृष्ट सवारी अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
सम्बन्धित समाचार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

