डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार गर्दै
काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ ।यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको बताइएको छ ।
यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको जनाइएको छ।
डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको बताइएको छ ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।
यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ । डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं । ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउने छौं ।”
१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको बताइएको छ ।

सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
