काठमाडौं । एसएमएल इसुजुका गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्सियल भेइकल प्रा.लि.ले ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन तथा आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउन ग्राहक भेटघाट कार्यक्रम २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ।

जापानी प्रविधिमा आधारित तथा भारतमा निर्मित एसएमएल इसुजुले बस तथा ट्रकहरू निर्माण गर्दै सेल्स, सर्भीस् र स्पेयर पाट्र्स एकै ठाँउमा उपलब्ध गराउदै आएको छ। नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभावकारी मानिने एसएमएल ईसुजुका सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएको कम्पनीले जनाएको छ ।

लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक केन्द्रित सोचअनुसार आयोजित यो कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमिहरु सहभागी भएका थिए । कार्यक्रममा २ सय भन्दा बढिको सहभागीता रहेको थियो ।

कार्यक्रममा लक्ष्मी कमर्सियल भेइकल प्रालिका सेल्स हेड सञ्जय खड्काले आगामी दिनहरूमा अझ राम्रो बिक्री तथा सेवा सुविधा प्रदान गर्ने, ग्राहक आवश्यकता अनुसार अझ उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रुपमा राम्रो सेवा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, बस इन्चार्ज रामहरी थपलिया ले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता तथा यसको बलियो विश्वसनीयताको विषयमा विस्तृत जानकारी गराए । कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलको आधिकारीक डिलर, ब्राण्डेड अटोमोबाइल प्रा.लि.को सहकार्य रहेको थियो।

एसएमएल आइसुजुले नेपाली बजारमा लाइट र मिडियम ट्रक, डम्पर, स्कुल बस तथा स्टाफ बस जस्ता विभिन्न क्षमता र प्रयोगका सवारीहरू उपलब्ध गराउँदै आएको छ । विशेषगरी स्कुल बस सेग्मेन्टमा यस ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राख्न सफल भएको छ ।

लक्ष्मी कमर्शियल भेहिकलले आगामी दिनमा पनि देशभर ग्राहक कैन्द्रित कार्यक्रम सञ्चालन गर्दै ग्राहकहरूसँग नजिकिँदै मूल्य प्रवद्र्धनमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ ।





