• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ बैशाख २०८३, आइतबार
०६ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
  • २३ घण्टा 

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध
  • १ दिन 

२० करोडभन्दा माथि कारोबार गर्ने व्यवसायीका लागि विद्युतिय बिल अनिवार्य
  • १ दिन 

लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
  • १ दिन 

नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न
  • १ दिन 

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • २. नयाँ वर्षको पहिलो दिनः कस्तो रहनेछ मौसम ?

  • ३. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ४. २०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • ६. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ७. अण्डाको मूल्यमा वृद्धि, क्रेटको कति ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • १०. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सिरहाका निजी अस्पतालहरुको ब्रहमलुट : ५ रुपैयाँ पर्ने इन्जेक्सनको सय रुपैयाँ असुली

जानकारी केन्द्र २०८२, बैशाख, १८

सिरहा । सिरहामा निजी अस्पताल र फार्मेसीहरूले सेवाग्राहीसंग अत्यधिक रकम लिई ब्रहमलुट मचाएको छ। जिल्लाको मिर्चैया स्थित मनकामना मिड इस्टर्न अस्पतालले सेवाग्राहीसंग पाँच रुपैयाँ पर्ने इन्जेक्सनको एकसय रुपैयाँ लिएको प्रमाण फेला परेको हो।

मिर्चैया नगरपालिका ७ कटारी चौकस्थितको मनकामना मिड इस्टर्न अस्पताल भित्र रहेको विकास मेडिकल हलमा खरिद गरिएको औषधिहरुमा अत्याधिक रकम लिने गरेको सेवाग्राहीहरु बताउछन् ।

यो घटना हो गत चैत २६ गतेको। सिरहाको कल्याणपुर नगरपालिका १ चतरी वनिनियाकी रचना कुमारी मण्डल मोटरसाइकल दुर्घटनामा परि २६ गते दिउँसो घाइते भएकी थिइन् । मिर्चैयाबाट घरजाने समयमा दुर्घटनामा परेकी उनको खुट्टामा बढी चोटलागेकोले हतार हतार मिर्चैयाको मनकामना अस्पताल पुगिइन। सबै सेवा सुविधा पाइन्छ भनेर नजिकैको अस्पतालमा पुगेपनी खुट्टाको हड्डी फ्याकचर भएकोले त्यहाँ उपचार सम्भव भएन। तत:पश्चात् उनी हाडजोर्नी डाक्टरसंग चेक गराउनुपर्ने निधो गरिन र अर्को अस्पताल गइन।

मनकामना मिड इस्टर्न अस्पतालबाट डिस्चार्ज हुनेबेला औषधिको पैसा तिर्नुपर्ने भनेर फार्मेसी गयो। अस्पताल भित्र रहेको बिकास मेडिकल हलले उनलाई ल्याब र इमेर्जेन्सीको  ४ हजार ७ सय र डाक्टर चार्ज एकहजार , अबजर्भेसन चार्ज एकहजार तथा औषधि सहितको ६ हजार तीन  सय पैतिस रुपैयाँ गरि जम्मा ११ हजारको बिल थम्याइयो। उनी चार घण्टामै यतिको बिल कसरी भयो? भन्दा औषधि पसलले लौन पाँच सय डिस्काउन्ट गरिदिए दश हजार पाँच सय मात्र दिनु भन्यो। उनिहरुले औषधी पसलले भनेकै रकम  तिरिदिए।

अस्पतालले चारघण्टाको अवधिमा मण्डललाई जम्मा १३ प्रकारको औषधी चलाएको बिलमा देखिन्छन् । बिकास औषधी पसलले दिएको बिलमा आइभी सेट, फिक्स टेप, आइभी क्यानुला, आरएल सलाइन, जोन इन्जेक्सन , एसिलक इन्जेक्सन , केट्रोल इन्जेक्सन , डाइलोना इन्जेक्सन , टिटि इन्जेक्सन , एन एस ५ सय एमएल, सिरिन्ज १० एमएल, सिरिन्ज ५ एमएल र सर्जिकल ग्लोवस २ थान प्रयोग गरिएको देखिन्छ ।

उक्त औषधी पसलले औषधी लगायतका मेडिकल सामग्रीको ६ हजार भन्दा बढी लिएको छ। तर,

सोही औषधी र मेडिकल सामाग्री हामिले मिर्चैया नगरपालिकाले सञ्चालनमा ल्याएको मिर्चैया अस्पतालको फार्मेसीमा गएर खरिद गर्दा जम्मा एक हजार एकसय चार रुपैयाँ तिर्नुपर्यो।

अस्पतालको औषधि पसलेले सेवाग्राहीलाई दिएको बिल र मिर्चैया अस्पतालको बिलविच मूल्यको तुलना गर्दा, अधिकांश औषधिमा दोब्बरदेखि दशगुणासम्म बढी रकम लिएको देखिन्छ ।

बिकास औषधि पसलले दिएको बिलमा ५ रुपैयाँ पर्ने एसिलक इन्जेक्सनको एकसय , आइभी  सेट सामुदायिक अस्पतालमा ५० मात्र पर्नेमा मेडिकलले १५० लिएको छ।

त्यसैगरी, आइभी क्यानुला को सामुदायिक अस्पतालमा ५०, निजी मेडिकलले २५०, इन्जेक्सन आरएलको सामुदायिक अस्पतालमा ५५, लिएको छ भन्ने उक्त फार्मेसीले २०० लिएको छ।

सामुदायिक अस्पतालमा क्रेप ब्यान्डेजको ५० देखि ६० , ग्लोबसको ८० लिएको छ। तर सोही ब्यान्डेजको बिकास फार्मेसीले तिनवटाको ५ सय रुपैयाँ र २ वटा ग्लोबसको १ सय साट्ठि रुपैया लिएको छ।

उक्त फरक विवरणले पनि सामान्य उपचार सेवामा समेत अत्यधिक रकम असुलि गरेको पुष्टि हुन्छ। पीडित सेवाग्राही रचना कुमारी मण्डलले प्राप्त बिल सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो।

यो औषधी पसलले सेवाग्राही त ठगेको छ्नै संगै राज्यको लाखौं रकम राजस्वपनि छली गरेको प्रमाणहरु फेला परेको छ।

उपचारमा आएकी मण्डल एउटा उदाहरणका पात्र मात्र हुन् । यो अस्पतालमा आउने जो कोहिपनी ठगिएको प्रमाणहरु फेला परेको छ।

औषधीको प्यान बिलमा बिरामिको इमेर्जेन्सी चार्ज, बेडचार्ज, नर्सिङ चार्ज र अबजर्भेसन चार्ज काटनु नै गैर कानुनी हो। तर, बिकास मेडिकल हलको सबै बिलमा यी चार्जहरु लिएर राज्यको राजस्व समेत दोहन गरेको देखिन्छ। यसलेपनी यो अस्पतालले वाषिर्क लाखौं रकम राज्यको राजस्व छली गर्दै आइरहेको पुष्टि हुन्छ।

स्वास्थ्य सेवा आम नागरिकको अधिकार भएपनि निजी अस्पतालहरुले मनलाग्दी मूल्य लिने गरेको स्थानीय रामकुमार यादव बताउछन् । उनले भने, ´हामी ऋणपान गरेर उपचार गराउँछौं। बाहिर पाउने उपचार नजिकै पाइहाल्छ  भनेर खुसी भएको हाम्रो समाज कहिले सम्म ठगिनुपर्ने हो सरकार? ऋण लिएर उपचार गराउदापनी ठगिनुपर्ने? यादवले प्रतिप्रश्न गरे।´

यतिमात्र होइन, अस्पतालभित्र सञ्चालिनमा रहेको विकाश मेडिकल हल नै  अवैध रुपमा सञ्चान गरिरहेको खुलेको छ । यो फार्मेसी  मिर्चैया नगरपालिका-६ मा दर्ता रहेपनि मिर्चैया-७ स्थित मनकामना अस्पतालभित्र अबैध रुपमा चलाइरहेको मिर्चैया नगरपालिकाले जनाएको छ ।

यस बिषयमा अस्पतालका सञ्चालक सुधीर श्रेष्ठसंग प्रतिक्रिया लिन खोज्दा उनले भने, ´ बिरामीले आफूहरूसँग छुट माग्ने गरेकोले यसरी बढी रकम जोडेको स्वीकार गरे। ‘हामीसँग बिरामीले छुट माग्छन्, अनि हामीले यसरी जोड्छौं,’ उनले भने, ‘अरू धेरै केही भन्दिनँ, जे मन लाग्छ लेख्नुस् ।’ मलाई केही फरक पर्दैन ।´

यसरी दिनप्रतिदिन सेवाग्राहीहरु ठगिएपनी सम्बन्धित निकाय मौन भएर बस्नुले सन्देहपूर्ण सङ्लग्नता रहेको स्थानिहरुको आरोप छ।  उनिहरुकै संरक्षणका कारणपनि तराई मधेशका जिल्लाहरुमा विभिन्न बहानामा स्वास्थ्य क्षेत्रमा सेवाग्राहीहरु ठगिदै आएको उनिहरुको भनाइ छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय
वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

वैदेशिक अध्ययनका लागि एनओसी अब अनलाइनमार्फत घरबाटै उपलब्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.