ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने
ललितपुरमा राष्ट्रव्यापी बक्सिङ च्याम्पियन सीप प्रतियोगिता हुने भएको छ । यहि जेठ ३ गते शनिबार बेलुका ३ बजे ललितपुर माहालक्ष्मी नगरपालिका लुभु विसुन्डोल गणेश मन्दिर परिसरमा राष्ट्रव्यापी माहालक्ष्मी बक्सिङ च्याम्पियन सीप संचालन हुने भएको छ ।
उक्त प्रतियोगिता स्कुल बक्सिङ ,सेमी प्रो प्रतियोगिताका साथै प्रोफेशनल बक्सिङ प्रतियोगिता सम्पन्न गरिने बताईएको छ । म्याक्स बक्सिङ प्रमोशन र ललितपुर बक्सिङ एकेडेमीको संयुक्त आयोजनामा स्थानीय निकाय तथा स्थानीय संघसंस्थासंगको सहकार्यमा संम्पन्न हुन गैरहेको च्याम्पियन सीप प्रतियोगितामा १२ वटा बाउट रहने म्याक्स बक्सिङ प्रमोसनका संचालक म्याक्स बस्नेतले बताएका छन् ।
उक्त प्रतियोगितामा नेपाल अधिराज्य भरीबाट सहभागिता रहने बताईएको छ । उक्त प्रतियोगितामा नेपाल प्रो बक्सिङको मापदण्ड अनुसार संचालन हुने छ भने प्रतियोगितामा भाग लिने बेस्ट प्रेयरले बिदेशमा हुने प्रतियोगितामा समेत सहभागी हुन अवसर प्राप्त गर्ने बताईएको छ । साथै उक्त प्रतियोगिताका बिजेताहरुलाई मेडल तथा पुरस्कार पनि वितरण गरिने बताईएको छ ।
नेपालका समग्र खेल जगतलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय स्तरबाट पनि महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै समग्र खेल विकासलाई सहयोग पुग्न सक्ने उदाहरणका रूपमा पनि यस प्रतियोगितालाई लिन सकिने म्याक्स बस्नेतले बताएका छन् ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
