पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’
काठमाडौं । उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ ।
पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ ।
युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले यो अचम्मको खोज गरेको हो। उनीहरूले पृथ्वीको महाद्वीपीय क्रस्ट अर्थात सतहको गहिराइमा हाइड्रोजनको ठूलो भण्डार लुकेको बताएको छ । यो खोजले ऊर्जाको क्षेत्रमा नयाँ अध्याय खोलेको छ ।
हाइड्रोजनलाई भविष्यको ‘हरियो इन्धन’ भनिन्छ। जब यो जलाइन्छ, केवल पानी उत्पादन हुन्छ, धुवाँ वा सिओ टु केही पनि निस्कदैन् । यही कारणले गर्दा यसलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा प्रभावकारी हतियार मानिएको छ । हामीले अहिलेसम्म प्रयोग गरेको हाइड्रोजन, यो प्रायः कोइला वा ग्याँसबाट बनेको हुन्छ। यसको मतलब त्यसले आफैं प्रदूषण फैलाइरहेका छन् ।
तर पृथ्वी भित्र पाइएको हाइड्रोजन पूर्णतया प्राकृतिक हुन्छ। यसलाई ‘सेतो हाइड्रोजन’ भनिन्छ।
यो ग्याँस तेल वा ग्याँसजस्ता ठूला भण्डारहरूमा भण्डारण गरिएको हुन्न । यो बिस्तारै चट्टान र पानीको रासायनिक प्रतिक्रियाद्वारा बनेको हुन्छ र तल गाडिएर जम्मा हुन्छ। वैज्ञानिकहरूले क्यानडाको पुरानो चट्टानी क्षेत्र ‘क्यानेडियन शिल्ड’ मा यस्ता ठाउँहरूको नक्सा बनाएका छन्। जहाँ जमिन मुनिबाट हाइड्रोजन निस्कन्न सक्छ। अब यो अनुमान गरिएको छ कि त्यस्ता स्थानहरू संसारभर फैलिएको हुन सक्छ र केवल क्यानाडा वा एक क्षेत्रमा मात्रै अब सीमित छैन।
अवश्य पनि,तर यो त्यति सजिलो छैन। यसलाई निकासी गर्न परम्परागत तेल ग्यास ड्रिलिंगजस्तो काम हुँदैन । यसका लागि नयाँ प्रविधि, सटीक नक्साङ्कन र संवेदनशीलता आवश्यक पर्नेछ। वैज्ञानिकहरु अब हाइड्रोजन कहाँ बन्छ ? भनेर पत्ता लगाउन यस्तो प्रविधिमा काम गरिरहेका छन्। यो कसरी बन्छ र कहाँ जम्मा हुन्छ ? जसरी हामी हिलियम निकाल्छौं।
अचम्मको कुरा के छ भने पृथ्वी मुनि केहि ब्याक्टेरियाहरु छन्, जसले निरन्तर हाइड्रोजन खान्छन् । यसको मतलब कुनै ठाउँमा ब्याक्टेरिया बढी भएमा हाइड्रोजन त्यहाँ रहन सक्दैन । तसर्थ, वैज्ञानिकहरूले यस्तो स्थान खोज्नु पर्नेछ, जहाँ यो ग्याँस सुरक्षित रूपमा भण्डारण भएर बसेको होस र समयसँगै गायब हुन नसकोस् ।
वैज्ञानिकहरू भन्छन् कि यदि यी स्रोतहरू पत्ता लगाइयो र सही तरिकाले निकालियो भने यो जीवाश्मा इन्धनको राम्रो र दिगो विकल्प हुन सक्छ। एक अनुमानका अनुसार यो भण्डारले आगामी १.७ लाख वर्षको लागि सम्पूर्ण विश्वको हाइड्रोजनको माग पूरा गर्न सक्छ । र, यो यस्तो समयमा खोजिएको छ कि जब २०५० सम्म हाइड्रोजनको खपत ६ गुणा बढ्नेवाला छ।
यस खोजसँग सम्बद्ध वैज्ञानिकहरूले ‘स्नोफक्स डिस्कभरी लिमिटेड’ नामक कम्पनी बनाएका छन्। यो कम्पनीले अब स्याटेलाइट डाटा र भूगर्भीय अनुसन्धानका माध्यमबाट व्यावसायिक रूपमा हाइड्रोजन निकाल्न सकिने ठाउँहरू पत्ता लगाउने काम गर्नेछ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

