काठमाडौं । नेपालमा टीभीएसको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्न लागेकाे छ ।
आगामी जेठ ७ देखि १२ गतेसम्म काठमाडौंकाे भृकुटीमण्डपमा साे मेला आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।
मेला सुरु हुनु अगावै, जेठ ६ गतेसम्म नयाँ टीभीएस सवारीको प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।
मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँ सम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितासहित, मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । त्यसका साथै, ग्राहकहरूले ८ हजार सम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् र शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ (नियम तथा सर्त लागु हुने)। नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर, र रेनकोट नि:शुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् ।
मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ । आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट शो, टेस्ट राइड, विभिन्न खेलहरू, एसी हल, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन्।
मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरण सहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्ने बताइएको छ । सबै दुई पाङ्ग्रे सवारी प्रेमीहरू र सम्भावित ग्राहकहरूलाई भृकुटीमण्डपमा जेठ ७ देखि १२ सम्म उपस्थित भएर टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेलामा सहभागी हुन कम्पनीले अनुराेध गरेको छ ।