नेपाली बजारमा सारथीइकुटरको इ३ को माग बढे संगै मूल्य घट्यो,
काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको चासो तीव्र गतिमा बढ्दै जाँदा विभिन्न ब्रान्डहरूले मूल्य र सेवामा प्रतिस्पर्धा गर्न थालेका छन्। यस्तै प्रतिस्पर्धात्मक फाइदा लिँदै जेरो इमिसन राइद एन ले आफ्नो चर्चित मोडेल इ३ को मूल्य घटाएको बताइएको छ। ग्राहकको बढ्दो माग र पहुँच सहज बनाउने उद्देश्यले मूल्यमा रु. ९,००० को कटौती गरेको कम्पनीले जानकारी दिएको छ।
चीनको उत्पादक कम्पनीसँग भएको नया सम्झौता वमोजिम स्कुटरको बिक्रि सँख्या टार्गेट पुरा गर्ने र बढी भन्दा बढी बिक्रि वितरण गर्ने शर्तको कारणले पनि खरिद मुल्यमा समायोजन हुँदा मुल्य सस्तो हुनगएको कम्पनीले जनाएको छ ।
गएको वर्ष मंसिरमा नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको सारथीइकुटरको इ ३ मोडेलले छोटो समयमै लोकप्रियता हासिल गरेको कम्पनिको दाबि छ । अब कम्पनीले मूल्य घटाएर संगै यो स्कुटर को माग अझै बढ्ने देखिन्छ।
सारथीइकुटरका बिक्री तथा मार्केटिङ प्रमुख शंकर शर्मा भन्छन्, “इ ३ को बजार माग निकै उत्साहजनक छ। ग्राहकहरूको रुचि, प्रतिक्रिया र पहुँचलाई ध्यानमा राख्दै हामीले मूल्य समायोजन गरेका छौं। पहिले रुं २,२५,००० मा उपलब्ध यो स्कुटर अब रु. २,१६,००० मा पाइनेछ।”
प्रविधिमा अब्बल, प्रदर्शनमा उत्कृष्ट
सारथीइकुटरको इ ३ मा जडान गरिएको ७२ भोल्ट ३८ एएच क्षमताको ग्राफिन ब्याट्रीले एक पटकको पूर्ण चार्जमा अधिकतम १२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्नुका साथै, यसमा ३,००० वाट पीक पावर क्षमताको मोटर रहेको छ, जसले सहर र गाउँका अप्ठेरा तथा चढाइ युक्त उकालो बाटोहरूमा समेत सहज यात्रा गर्न सकिने बताइएको छ।
यस स्कुटरमा ‘री–जेनरेटिभ ब्रेकिङ सिस्टम’ को प्रयोग गरिएको छ भने यसले ब्रेक लगाउँदा ऊर्जालाई पुनः चार्जमा प्रयोग गर्न मद्दत गर्ने कम्पनिले जनाएको छ। यस स्कुटरमा प्रोजेक्टर हेडल्याम्प, रिमोट कन्ट्रोलर सिस्टम, मोबाइल चार्जिङ पोर्ट, पार्किङ सेन्सर, तीनवटा ड्राइभिङ मोड, क्रुज कन्ट्रोल , रिभर्स मोड जस्ता सुविधाहरू पनि उपलब्ध रहेको बताइएको छ।
सुरक्षित र व्यावहारिक डिजाइन
इ३ को पछिल्लो संस्करणमा १५५ मिमीको अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ, जुन पहिलेको संस्करणभन्दा सुधारिएको हो। नेपालका अप्ठेरा सडक, स्पीड बम्प, र ग्रामीण भेगको लागि यो अत्यन्तै उपयोगी साबित हुने कम्पनिको दाबि रहेको छ । स्कुटरमा अगाडि र पछाडि दुवै १२ इञ्चका टायरहरू छन् भने डबल डिस्क ब्रेकले ब्रेकिङ क्षमतामा बलियो सुधार ल्याएकोे छ।
डिजाइनतर्फ हेर्दा, स्कुटरको सम्पूर्ण बनावट एयरोडायनामिक भने आकर्षक ग्राफिक डिजाइनसहित पाँच फरक रङ — कालो, सेतो, निलो, खरानी (ग्रे) र सिल्भर कलरमा उपलब्ध भएकोले सबै उमेर र वर्गका उपभोक्तालाई लक्षित गरिएको बताइएको छ।
सेवा केन्द्र र चार्जिङ सुविधामा अग्रणी
सारथीइकुटर ब्रान्ड नेपालमा जीरो इमिसन राइड एन कम्पनीमार्फत उपलब्ध छ, जुन सेवा केन्द्र र चार्जिङ पोइन्टको सञ्जालको हिसाबले देशकै अग्रणी ब्रान्ड मानिन्छ। कम्पनीका अनुसार, उनीहरूले ग्राहकलाई गुणस्तरीय बिक्रीपछिको सेवा, सस्तो स्पेयर पाट्र्स र सजिलो मर्मत सुविधा उपलब्ध गराउँदै आएका छन्।
सारथीइकुटरका स्कुटरहरू मूल्यका हिसाबले पनि प्रतिस्पर्धात्मक छन्। हामी सस्तो मात्र होइन,भरपर्दो पनि छौं, शर्मा भन्छन्,“ग्राहकले खरीद गरेपछि कहिल्यै निराश हुनु नपरोस् भन्ने हाम्रो प्राथमिकता हो।”
सारथीइकुटरको इ३ स्कुटरले अब मूल्यमा कटौती गर्दै आफ्ना ग्राहकहरूलाई अझ सहज बनाएको कम्पनिले बताएको छ। अत्याधुनिक फिचर, बलियो बनावट, आकर्षक डिजाइन र उत्कृष्ट सेवा सञ्जालको संयोजनले यो स्कुटर नेपालमा विद्युतीय सवारी खोज्ने सबैका लागि एक भरपर्दो विकल्प बन्दै गएको कम्पनिको दाबि छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
