साङ्ग्रिला मोटर्सको उत्तरढोका, काठमाडौंमा सिट्रोएन, लिपमोटर र प्यूजो सहितको प्रिमियम शोरूम सञ्चालनमा
काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालन हुने बताइएको छ। काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू—सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनिले बताएको छ।
नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजे़ला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरिन ।
“नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी साङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरूममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ” भनि उद्घाटन समारोहमा शैलेश हजे़लाले बताएका छन् ।

हेमन्त गोल्छाले यस अवसरमा,“यो नयाँ शोरूम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो। सिट्रोएन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं। यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ” बताए ।
साङ्ग्रिला मोटर्स प्रा. लि. बारे
साङ्ग्रिला मोटर्स प्रा. लि. गोल्छा अर्गनाइजेशनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको बताइएको छ। नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको कम्पनिले जनाएको छ।
स्टेलान्टिसको बारेमा
स्टेलान्टिस एन.भी. (NYSE: STLA / Euronext Milan: STLAM / Euronext Paris: STLAP) विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो, जसले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित रहेको जनाइएको छ। यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल रहेको बताएका छन् ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री