साङ्ग्रिला मोटर्सको उत्तरढोका, काठमाडौंमा सिट्रोएन, लिपमोटर र प्यूजो सहितको प्रिमियम शोरूम सञ्चालनमा
काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति मजबुत बनाउने रणनीतिक योजनाअन्तर्गत स्टेलान्टिसले नेपालमा दोश्रो डिलरशिपको उद्घाटन गरेको छ। यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालन हुने बताइएको छ। काठमाडौंको उत्तरढोकामा अवस्थित यो नयाँ प्रमुख शोरूममा विश्व प्रसिद्ध तीन ब्राण्डहरू—सिट्रोएन, लिप मोटर र प्यूजोलाई एउटै छानामुनि प्रस्तुत गरेको छ, जसले ग्राहकहरूलाई उत्कृष्ट र सहज अनुभव प्रदान गर्ने कम्पनिले बताएको छ।
नयाँ डिलरशिपको औपचारिक उद्घाटन कार्यक्रममा स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्धक निर्देशक शैलेश हजे़ला र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा नेपालस्थित फ्रान्सकी राजदूत महामहिम भर्जिनी कोर्तेवालले गरिन ।
“नेपाल हाम्रो अपरेशनको रणनीतिक बजार हो। हामी साङ्ग्रिला मोटर्ससँगको सहकार्यमार्फत नेपाली ग्राहकहरूलाई विश्वस्तरीय मोबिलिटी समाधान उपलब्ध गराउन पाउँदा निकै उत्साहित छौं। यो नयाँ शोरूममार्फत स्टेलान्टिसले अगामी युगका विद्युतीय सवारीसाधनसहित विश्वप्रसिद्ध प्रविधि र ब्राण्डहरू नेपाली बजारमा प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ” भनि उद्घाटन समारोहमा शैलेश हजे़लाले बताएका छन् ।

हेमन्त गोल्छाले यस अवसरमा,“यो नयाँ शोरूम हामीले उत्कृष्ट ग्राहक अनुभवमा केन्द्रित गर्दै गरेको लगनशील प्रयासको निरन्तरता हो। सिट्रोएन, लिपमोटर र प्यूजो एकै स्थानमा उपलब्ध गराएर हामी नेपाली ग्राहकहरूका लागि प्रिमियम मोबिलिटी समाधानको एकमात्र गन्तव्य बन्नेछौं भन्ने विश्वास लिएका छौं। यस विस्तारले ग्राहकको विश्वास र ब्राण्डप्रतिको प्राथमिकता झनै मजबुत बनाउनेछ” बताए ।
साङ्ग्रिला मोटर्स प्रा. लि. बारे
साङ्ग्रिला मोटर्स प्रा. लि. गोल्छा अर्गनाइजेशनको पाँच दशकभन्दा लामो अनुभवको जगमा स्थापित कम्पनी हो, जसले नेपालमा दिगो र नवप्रवर्तनशील सवारीसाधन क्षेत्रमा अग्रसर भूमिका निर्वाह गरिरहेको बताइएको छ। नेपालमा स्टेलान्टिस ब्राण्डहरूको एकमात्र आधिकारिक आयातकर्ता भएकाले कम्पनीले विद्युतीय र प्रिमियम गाडी बजार निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको कम्पनिले जनाएको छ।
स्टेलान्टिसको बारेमा
स्टेलान्टिस एन.भी. (NYSE: STLA / Euronext Milan: STLAM / Euronext Paris: STLAP) विश्वको अग्रणी सवारीसाधन निर्माता कम्पनी हो, जसले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिको प्रयोग गर्दै स्वतन्त्र गतिशीलताको अधिकार सुनिश्चित गर्न समर्पित रहेको जनाइएको छ। यसका ब्राण्डहरूमा अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, डीएस अटोमोबाइल्स, फिएट, जीप, लान्सिया, मासेराटी, ओपेल, प्यूजो, राम, भक्सहल, फ्रीटुमुभ र लेइसिज सामेल रहेको बताएका छन् ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
