• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • १५ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १८ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २१ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • २२ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • २ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

यामाहा नेपालद्वारा नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ सफलतापूर्वक सम्पन्न, यी हुन् विजेता

जानकारी केन्द्र २०८२, जेष्ठ, १३

काठमाडौं । यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको उत्सवस्वरूप बहुप्रतिक्षित नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। देशैभर आयोजित क्षेत्रीय प्रतियोगिताबाट छनोट भएका दक्ष प्रविधिकहरू यो प्रतियोगितामा सहभागी भएका थिए जसले यामाहाको सर्भिस नेटवर्कको उच्चतम स्तरको प्रतिनिधित्व गरे।

यामाहाको काठमाडौंस्थित तालिम केन्द्रमा सम्पन्न भएको यो राष्ट्रिय स्तरको प्रतियोगिता सहभागीहरूलाई यामाहाको प्रख्यात सेवा उत्कृष्टताको लागि आवश्यक पर्ने विस्तृत दायराका सीपहरूको परीक्षण गर्न डिजाइन गरिएको थियो। प्रतियोगितामा सहभागीहरूले प्राविधिक परीक्षण, यान्त्रिक मूल्याङ्कन, समस्याको पहिचान गर्ने च्यालेन्जहरू, लिखित परीक्षा र भाइभा लगायतका चरणहरू पार गरेका थिए जसले उनीहरूको गहिरो ज्ञान, प्रविधिक दक्षता र सटीकताको लागि समर्पणलाई देखाउने प्लेटफर्म प्रदानगरेको कम्पनीले जनाएको छ ।

दिनभरीको कडा प्रतिस्पर्धापछि यामाहाले घोषणा गरेका नेसनल सर्भिस स्किल कन्टेस्ट २०८२ का विजेता बी एन्ड बी अटो ट्रेडर्स, बिराटचोकका सुकदेव कुमार माझी बने । त्यसैगरी प्रथम उपविजेता तिरुपति अटो प्यालेस, विराटनगरका राेनित श्रेष्ठ र दोस्रो उपविजेता (साझा विजेता) जेएस अटोमोबाइल्स प्रालि, सतुंगलका सागर त्वाती र जीएसएस ट्रेडर्स, लम्कीका बिनोद चौधरी बने ।

यी उत्कृष्ट प्राविधिकहरूले यामाहाको सेवा प्रतिवद्धता प्रति आफ्नो समर्पण प्रमाणित गरेका छन्। उनीहरूको उत्कृष्ट प्रदर्शनले ग्राहक सन्तुष्टि र सवारी सुरक्षामा सर्भिसकर्मीहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको बताइएको छ ।

यस अवसरमा, एमएडब्लु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “यामाहा एउटा ब्रान्ड मात्र होइन, यो नवीनता, प्रदर्शन र सटीकताले भरिएको उच्च प्रविधियुक्त मोबिलिटी समाधान हो। हरेक उत्कृष्ट यामाहा अनुभवको पछाडि एउटा दक्ष प्रविधिक हुन्छ, जसले हरेक यात्रा सहज र सुरक्षित बनाउँछ। जनशक्तिमा लगानी गर्न दृढ रहँदै हामी उनीहरूलाई सही उपकरण, तालिम र अवसरहरू प्रदान गरेर सक्षम बनाउँदैछौं। यो प्रतियोगिता ग्राहक सन्तुष्टि र ब्रान्डप्रतिको विश्वासको आधार सक्षम जनशक्ति नै हो भन्ने हाम्रो विश्वासको प्रमाण हो।”

यो प्रतियोगिताले यामाहा नेपालको जनशक्ति, नवप्रवर्तन र तालिममा लगानी गर्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। यस्तो कार्यक्रम प्रतिस्पर्धाको मात्र विषय नभई सिकाइ, विकास र परिवर्तनशिल दुईपाङ्ग्रे प्रविधिमा उत्कृष्टता हासिल गर्ने यात्राको उत्सव पनि हो।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशकै सबैभन्दा विश्वासिलो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एक हो। जापानी प्रविधिमा आधारित, भरपर्दो सेवा र सशक्त आफ्टर सेल्स सर्भिस प्रणालीमार्फत यामाहाले प्रदर्शन, स्टाइल र ग्राहक सेवामा उच्चतम मापदण्डहरू कायम राख्दै आएको छ। यामाहा नेपाल दक्ष जनशक्ति विकास गर्दै नेपालभर उत्कृष्ट सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतामा अडिग रहेको समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.