गणतन्त्र दिवसको अवसरमा चन्द्रपुर हस्पिटलद्वारा निःशुल्क उद्धार सेवा सञ्चालनमा
सञ्जय मिश्रा रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहट चन्द्रनिगाहपुर स्थित चन्द्रपुर हस्पिटल प्रालिले १८ गणतन्त्र दिवसको अवसर पारेर निःशुल्क उद्धार सेवा सञ्चालन गरेको छ।
सामाजिक कार्यमा सदैव अग्रणी भूमिका निर्बाह गर्दै आएका अस्पताल सञ्चालक तथा बरिष्ठ डाक्टर सुभाष चौधरीको सक्रियतामा बिहिवार देखि २४ औं घन्टा निःशुल्क उद्धार सेवा सञ्चालन गरिएको हो। आकस्मिक उद्धार सेवा चन्दपुर हस्पिटलको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा महत्वाकांक्षी कार्यक्रम रहेको डाक्टर चौधरीले न्युज कारखाना लाई बताएका छन्। उनका अनुसार उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनाहरूमा परेका घाइते वा पीडितहरूलाई घटनास्थलमै पुगेर निःशुल्क र निस्वार्थ रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु हो।
आकस्मिक उद्धार सेवामा दक्ष चिकित्सक र पारामेडिक्स, अत्यावश्यक मेडिकल उपकरण र इमरजेन्सी औषधिहरू, पोर्टेबल अक्सिजन सप्लाइ, फलाम काट्ने, काठ काट्ने उपकरणहरू, चेष्ट ट्यूब राख्ने र माइनर सर्जरीका सामग्रीहरू उपलब्ध रहने चन्द्रपुर अस्पताल प्रालिका सञ्चालक बरिष्ठ डाक्टर सुभाष चौधरीले जानकारी दिएका छन्।
हरेक दिन सडक दुर्घटनाको समाचारले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पार्दछ। तथ्यांकहरू झन् डरलाग्दा छन्। प्रहरी तथ्यांक अनुसार गत आर्थिकवर्षमा मात्र नेपालमा सडक दुर्घटनाबाट २ हजार ,३२० जनाको मृत्यु र २८ हजार,८५६ जना घाइते भएका थिए।
नेपाल प्रहरीका अनुसार दैनिक औसत ७ जना सवारी दुर्घटनाबाट ज्यान गुमाइरहेका छन्।
मधेश प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ प्रति एक लाख जनसंख्यामा १,४३० दुर्घटना दर रहेको छ। एसियाली विकास बैंक (एडीबी) का अनुमान अनुसार सडक दुर्घटनाबाट नेपालले वार्षिक ४४ करोड गुमाइरहेको छ। चन्द्रपुर हस्पिटल प्रालिले सञ्चालन गरेको सेवा जस्तै नेपालका प्रत्येक जिल्लामा विस्तार गर्न सकियो भने सडक दुर्घटनाबाट हुने मृत्यु मात्र होइन, देशको ठूलो धनराशीको अनावश्यक खर्च पनि जोगाउन सकिन्छ।
सम्बन्धित समाचार
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
आज देशभर मनसुनी वायुको प्रभाव कायमै रहने
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
शाओमी नेपालद्वारा बाढीपीडितलाई अत्यावश्यक घरायसी सामग्री सहयोग
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

