०४ फागुन २०८२, सोमबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण जापानमा सम्पन्न

टोकियो । नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ। हिमालयन मुभिज प्रोडक्सन हाउस काठमाडौंको आयोजनामा सन् २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरन्जन एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरुको योगदानको कदर स्वरुप अवार्ड कार्यक्रम गरिएको हो।

नेपाली मनोरञ्जन, फेसन, सौन्दर्य प्रतियोगिता आदि क्षेत्रका व्यक्तिहरु सम्मिलित सो कार्यक्रममा करिब डेढ दर्जन व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।

एनआरएनए जपानका अध्यक्ष नविन न्युरेको विशेष आतिथ्यमा सम्पन्न सो कार्यक्रममा नेप्लिज विजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीको विषेश आतिथ्यता रहेको थियो भने व्यवसायी मनिस मगर एवं सुरेन्द्र खड्काको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा आकर्षक फेसन सो समेत राखिएको थियो जसमा मोडलहरुले फ्युजन स्वरुपको पहिरनमा स्टेज नापेका थिए।

सम्पूर्ण कार्यक्रमको कोरियोग्राफि चर्चित फेसन कोरियोग्राफर एवं हिमालयन मुभिजकी सीइओ हिमानी सुब्बाले गरेकी थिइन् भने, कार्यक्रमको मध्यान्तरमा सोज टपरको रुपमा सुब्बा आफैं आकर्षक पहिरनमा प्रस्तुत भएकी थिइन्। सम्पूर्ण कार्यक्रम सम्प्रेषण जापानकै फोटोग्राफर गणेश थापा मगरले गरेका थिए।

अवार्ड कार्यक्रममा विशेष सम्मान अवार्ड स्वरुप एनआरएनए जापान अध्यक्ष नविन न्युरेलाई बेस्ट नेप्लिज सोसियल क्याम्पेनर, नेप्लिज बिजनेश एशोसिएसन जापानका अध्यक्ष बिजेश थकालीलाई बेस्ट सोसियल वेलफेयर एयाक्टिभिस्ट, ब्यवसायी मनिस मगरलाई बेस्ट नेप्लिज फरेन आन्टरप्रेनियर तथा फोटोग्राफर गणेश थापा मगरलाई बेस्ट नेप्लिज फरेन फोटोग्राफरको अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा सौन्दर्य प्रतियोगिता, ब्यूटिसियन, फेसन डिजाइनर, फेसन मोडलिङ एवं मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड प्रदान गरिएको थियो।

स्वदेश तथा बिदेशमा रहेर नेपाली समाजलाई मनोरञ्जन तथा समाज रुपान्तरणको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई बर्षेनी प्रदान गरिने सो अवार्ड कार्यक्रमले निकै नै हौसला प्रदान गरेको कुरा आयोजक संस्थाकी सीइओ तथा फेसन कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिइन्। कार्यक्रम सञ्चालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा

आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?

कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०६ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने चालकलाई ट्राफिक प्रहरीले लियो नियन्त्रणमा
  • आज सुर्यग्रहण लाग्दै,कुन कुन देशबाट देख्न सकिन्छ ?
  • कजारियाले मधेश प्रदेशमा उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम ल्यायो सञ्चालनमा
  • सर्वोच्चको अन्तरिम आदेश : राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.