कपुर खानदानवाट बलिउडमा डेब्यु हुदैँ एक नयाँ हिरोइन
मुम्बई । अभिनेता विक्रान्त मेसी र शनाया कपुरको फिल्म ‘आँखों की गुस्ताखियाँ’ मार्फत दर्शकको मन जित्ने तयारीमा रहेको छ । र, यो एक सांगीतिक प्रेमकथा हो, जसले पक्कै दर्शकको मन छुने विश्वास गरिएको छ । मानसी बागलाले लेखेको यो फिल्मबाट कपुर खान्दानवाट अब एकजनाको बलिउडमा डेब्यु हुदैँछ ।
हालै फिल्मको पहिलो पोस्टर रिलिज भएको छ, जसमा विक्रान्त र शनाया कपुर मेलामा एकअर्कासँग प्रेमका सुन्दर पलहरू बिताएको देख्न सकिन्छ । पोस्टरले यो फिल्म निकै मिठो र हृदयस्पर्शी कथा हुने प्रष्ट देखाएको छ । यो फिल्मबाट शनाया कपुर बलिउडमा डेब्यु गर्दैछिन् । कपुर खानदानवाट बलिउडमा डेब्यु गर्ने पछिल्लो अन्तिम कलाकार हुन् ।
उनीसँगै विक्रान्त मेसी पनि छन्, जो आफ्नो सादगी र उत्कृष्ट अभिनयका लागि परिचित छन् । दुवैको जोडी पर्दामा निकै ताजा र रोचक देखिएको छ । पोस्टरमा देखिएको झलकले यो जोडीले पर्दामा कस्तो जादू सृजना गर्ने भन्नेमा दर्शकमा उत्सुकता बढेको छ ।
यो चलचित्रमा म्युजिकल रोमान्स मात्रै नभएर विशाल मिश्राले संगीत भरेका छन् । यसका गीतहरूले तपाईंलाई प्रेममा विश्वास दिलाउनु हुनेछ र लामो समयसम्म सम्झि रहनेछन्। विशाल मिश्राको संगीतले सजिएको यो फिल्म प्रेमकथा मात्र होइन, सुन्दर अनुभूति पनि हो ।
जी स्टुडियो र मिनी फिल्म्सको प्रस्तुतिमा मानसी बागला र वरुण बागलाले निर्माण गरेका हुन् । सन्तोष सिंहले निर्देशन गरेको यो कथा मानसी बागलाले लेखेकी हुन् । ‘आँखों की गुस्ताखियाँ’ जुलाई ११, २०२५ मा हलमा रिलिज हुँदैछ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

