एक डाक्टरको भविश्यवाणी, ‘सन २०५० पछि मानिस कहिल्यै मर्दैनन्’
काठमाडौं । अमरताको विचार मानव सभ्यता को शुरुवातसँग जोडिएको छ। वैदिक काल र पौराणिक ग्रन्थहरूमा ऋषिमुनिहरूले अमर बन्न तपस्या गर्ने उल्लेख गरेका छन्। तिनीहरूले अमरतालाई ईश्वरीय वरदान ठान्थे, जुन भगवानको कृपाले मात्र प्राप्त गर्न सकिन्छ। समयको साथ विज्ञानको उदय भयो र मानिसले प्राविधिक रूपमा यो देवत्व प्राप्त गर्ने प्रयास गरिरहेको छ ।
आज हामी यस्तो मोडमा छौं, जहाँ प्राविधिक प्रगतिले अमरतालाई कल्पनाबाट वास्तविकतामा परिवर्तन गर्ने दिशामा कदम चालेको छ। यस दिशामा सबैभन्दा प्रसिद्ध नाम हो– डा. इयान पियर्सन। उनले मानव भविष्यको चित्र कोरेका छन, समा मानिसले आफ्नो दिमागलाई कम्प्युटरमा स्थानान्तरण गरेर शारीरिक मृत्युको बाबजुद ‘डिजिटल रूप’ मा बाँच्न सक्छ।
प्रख्यात भविष्यविद् डा. इयान पियर्सनले सन् २०५० सम्ममा यस्तो प्रविधिको विकास हुने विश्वास व्यक्त गरेका छन कि मानिसले आफ्नो सम्पूर्ण व्यक्तित्व, सम्झना र सोच्ने क्षमतालाई मेसिन वा रोबोटिक बडीमा अपलोड गर्न सक्नेछ । यो प्रक्रियालाई ‘माइन्ड अपलोडिङ’ भनिन्छ।
सन् २०५० सम्ममा यो प्रविधि धनी वर्गमा मात्र सीमित हुने उनीहरुको भनाइ छ । सन् २०६० सम्ममा मध्यम वर्गले पनि यसको फाइदा उठाउन सक्ने उनले जनाएका छन् । बायोटेक्नोलोजी र जेनेटिक इन्जिनियरिङको माध्यमबाट बुढ्यौली प्रक्रियालाई कम गर्न सकिने उनको दावी रहेको छ ।
मस्तिष्क– कम्प्युटर इन्टरफेस (विएसआइ) जस्ता यन्त्रहरूले मेमोरी र सोचलाई डिजिटल रूपमा स्थानान्तरण गर्न सक्छन्। यस विचारधाराको पछाडिको विश्वास यो हो कि यदि मस्तिष्कको डाटा सुरक्षित राखियो र सक्रिय राखियो भने एक व्यक्ति प्राविधिक रूपमा ‘अमर’ रहन सक्छ, यदि शरीर अवस्थित छैन भने पनि ।
डा. पियर्सनका शब्दहरू बलियो हुन्छन्, जब हामी रे कुर्जवेलको भविष्यवाणीलाई हेर्छौं। गुगलका पूर्व इन्जिनियर र विश्व प्रसिद्ध भविष्यविद् कुर्जविल भन्छन् कि २०२९ सम्ममा एआईले मानव मस्तिष्कको बराबरी गर्नेछ। र, सन २०३० मा मानव मस्तिष्क सीधा क्लाउडमा जडान हुन सक्षम हुनेछ।
२०४५ सम्म मानिस साइबोर्ग्स बन्न सक्छ, अर्थात् आधा मानव–आधा मेसिन। रे कुर्जवेलका धेरै भविष्यवाणीहरू पहिले नै सत्य साबित भइसकेका छन्, जस्तै चेसमा कम्प्युटरको विजय र स्मार्टफोनको क्रान्तिकारी प्रभावका बारेमा उनले गरेका भविश्य मिलेका छन् ।
उनी विश्वास गर्छन् कि मेसिन र मानिसको प्रतिच्छेदन बिन्दु हुनेछ जब मानवले डिजिटल रूपमा आफ्नो चेतना जोगाउन सक्षम हुनेछ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
