अमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने
मुम्बई । बलिउड सुपरस्टार आमिर खान र तमिल निर्देशक लोकेश कनागराज पहिलो पटक एकसाथ काम गर्ने भएका छन्।
गत वर्षमा नै यी जोडीले एउटा पूर्ण फिल्मसहित दुईवटा फिल्ममा काम गर्ने बताइएको भए पनि अहिले टुंगोमा पुगेका हुन्।
सामान्यतया आमिर खानले उत्पादनमा भएको फिल्मको रिलीज पछि मात्रै आफ्नो नयाँ फिल्मका बारेमा निर्णय गर्दछन् । तर यस पटक भने अभिनेताले पहिले नै पाइपलाइनमा एक जोडी फिल्महरू राखिसकेका छन्। उनी आगामी फिल्म २० जुनमा ठूलो पर्दामा रिलिज हुदैँछ, आफ्नो चलचित्र ‘सितारा जमीं पर’ को तयारीमा उनी ब्यस्त रहेको बेला यो समाचार बाहिरिएको हो।
हालै, दंगल स्टारले भारतीय सिनेमाका पिता भनेर चिनिने ‘दादासाहेब फाल्के’ को बायोपिकका लागि निर्देशक राजकुमार हिरानीसँग आफ्नो पुनर्मिलन घोषणा गरिसकेका छन् । र, अब उनले लोकेश कंगराजसँग अर्को प्रोजेक्ट कन्फर्म गरेका हुन् ।
लोकेश कनागराजसँग फिल्मको बारेमा सोध्दा अमिरले भने, ‘लोकेश र म एउटा फिल्ममा काम गर्दैछौं। यो सुपरहिरो विधाको हो। यो ठूलो स्तरको एक्सन फिल्म हो र २०२६ को दोस्रो हाफमा फ्लोरमा जानेछ।ँ
यो अफवाहहरू पनि थिए कि आमिर खान र राजकुमार हिरानीले पीकेः २ को बारेमा छलफल गरिरहेका छन र उनीहरू चाँडै सुटिङमा जाने हल्लाहरू पनि चलेको थियो । तर, उनले यसलाई अस्वीकार गर्दै यो अफवाह मात्र भएको बताएका छन् ।
यसै वर्षको अक्टोबरमा निर्माण सुरु हुने दादासाहेब फाल्केको बायोपिकपछि लोकेशको फिल्म सुरु हुनेछ ।
यसैबीच, आमिरले लोकेश कानागराजको सुपरस्टार रजनीकान्त अभिनित ‘कुली’ मा पनि केमियो रोल गरिरहेका छन्। जुन यस वर्षको अगस्ट १४ मा रिलिज हुँदैछ र यशराज फिल्म्सको ‘वार २’ सँग भिड्नेछ ।
सम्बन्धित समाचार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
