• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ जेठ २०८३, बुधबार
०६ जेठ २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
  • १७ घण्टा 

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • १७ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • १८ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • २२ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • २३ घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • १ दिन 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

स्पेनमा भेटियो ३ हजार वर्ष पुरानो गहना, जो थियाे पृथ्वीभन्दा बाहिरको धातुकाे

जानकारी केन्द्र २०८२, जेष्ठ, ३०

स्पेन । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ।

उक्त खजानाबाट फलाम जस्ता दुईवटा वस्तुहरूमा एउटा ब्रेसलेट र एउटा सानो गोल आकारको गहना रहेको छ । तर, अचम्मको कुरा यो छ कि यो  फलामको भने होइन । यो खासमा  उल्कापिण्डबाट प्राप्त धातुको समान राखेर बनाइएको छ । यो खोज प्राविधिक दृष्टिकोणले मात्र नभई सांस्कृतिक र सांकेतिक महत्वको दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिएको छ ।

पछिल्लो यो खोज त्राबोस्जिद प्रि हिस्टोरियामामा प्रकाशित गरिएको छ । भनिएको छ कि भविष्यको लागि यो गहना गाइडको रूपमा लिइएको छ ताकि अन्य धातु वस्तुहरूमा पनि कुनै हानि नगरी परीक्षणहरू गर्न सकिन्छ।

यो धातु पृथ्वीमा पाइने सामान्य खनिजभन्दा फरक छ। यसमा उच्च मात्रामा निकल भेटिएको थियो, जुन अन्तरिक्षबाट खसेको उल्कापिण्डको विशेषता हो, यो उल्का पिण्डमा मात्रै पाइन्छ । यसले प्रमाणित गर्छ कि यो धातु प्राकृतिक रूपमा पृथ्वीमा पाइँदैन।

भिलेनाको खजानाबाट यी कलाकृतिहरू १४०० देखी १२०० ईसापूर्व बीचको मानिएको छ । यो लगभग ५०० वर्ष पहिले देखी लगभग ८५० ईसा पूर्व इबेरियन फलाम युगको शुरुवातमा निर्माण भएको हुन सक्छ ।

यो खोजले पुरातन इबेरियन मानिसहरू उल्कापिण्डसँग परिचित थिए भनी संकेतसमेत गरेको छ । तिनीहरूले त्यो धातुलाई मान्यता दिए र यसलाई धार्मिक वा प्रतिकात्मक महत्त्व दिएका छन् । उनले यस्तो प्रारम्भिक चरणमा धातुलाई आकार दिने प्रविधि विकास गरेका थिए। यसले पुरातन धातु विज्ञानको इतिहासलाई पुनः परिभाषित गर्दछ र देखाउँछ कि तिनीहरू पृथ्वीमा उपलब्ध स्रोतहरूमा सीमित थिएनन्।

उल्का पिण्डबाट बनेका वस्तुहरू इतिहासमा अन्य ठाउँमा पनि भेटिएका छन्, जस्तै इजिप्टको तुतानखामुनको खंजर र पुरातन चीन र मेसोपोटामियामा उल्काबाट बनेको हतियार फेला परेका थिए । तर, यसरी हेर्दा भिलेनाको यो खोजले स्पेनको पुरातन समाजमा पनि उल्का धातुलाई धार्मिक, अनुष्ठान र सामाजिक दृष्टिकोणले विशेष मानिन्थ्यो भन्ने देखाउँछ। यी वस्तुहरू समाजका उच्च वर्गले प्रयोग गरेको हुनसक्छ ।

यस आविष्कारलाई ठीकसँग प्रमाणित गर्न मास स्पेक्ट्रोमेट्री जस्ता आधुनिक वैज्ञानिक परीक्षणहरू प्रयोग गरिएको थियो। स्पेनको राष्ट्रिय पुरातत्व संग्रहालयका विज्ञ साल्भाडोर रोभिरा लोरेन्सको नेतृत्वमा गरिएको विश्लेषणले यी वस्तुहरूको उत्पत्तिलाई स्पष्ट गर्‍यो, जसमा निकेल र कोबाल्ट धेरै मात्रामा पाइन्छ, जो उल्कापिण्डको बिशेषता हो ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत
चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

ताजा

डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

२०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

नेप्से परिसूचक ३० अंकले बढ्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.