भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने
काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच छुट सम्झौता भएको छ। बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।
यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ-याङले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा सञ्चालन गराउदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्समा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
५ हजारलाई स्वरोजगार बनाउने लक्ष्यसहित ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर सार्वजनिक
भेस्पा तथा अप्रिलिया खरिदमा १ लाख रुपैयाँसम्म नगद लाभ, २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बेनिफिट र हरेक खरिदमा अनर एक्स ५ प्ले स्मार्टवाच
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


