शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
हैदाराबाद। साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो ।
खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको रकमले पुष्पा अब फिल्म मात्र नभई ठुलो ब्रान्ड बनेको स्पष्ट भइसकेको छ ।
सिनेमाघरमा मात्रै नभई सानो पर्दा अर्थात् टेलिभिजनमा पनि रिलिज भए पछि यसले आफ्नै हलचल मच्चाएको छ । यो टेलिकास्टसँगै फिल्मको नाममा नयाँ कीर्तिमान पनि दर्ता भएको छ, जस अनुसार अल्लु अर्जुनको पुष्पाः२ ले बलिउड सुपरस्टार शाहरुख खान र साउथ अभिनेता यशका यी ब्लकबस्टर फिल्मलाई समेत पछि पारेको छ ।
फिल्म रिलिज भएपछि दर्शकसँगै निर्माताले पनि ठूलो हिट हुने अपेक्षा गरेका थिए तर रिलिजपछि फिल्मले नयाँ नयाँ इतिहास रच्दै गयो, जुन अझै रोकिएको छैन । पुष्पाको दोस्रो भागले विश्वभर १८६० करोड र भारतमा मात्रै १२३३.८३ करोडको ठूलो कलेक्सन गरेको थियो। यस फिल्मको हिन्दी संस्करणले मात्रै भारतीय बक्स अफिसमा ८१२.०९ करोड रुपैयाँ कमाएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेर रेकर्ड कायम गरेको छ ।
त्यसपछि पनि चलचित्र ‘पुष्पा २’ ले हलमा ठूला नोट छापिरहेको यो । फिल्मका निर्मातासँगै दर्शकले पनि यो फिल्मले बक्स अफिसमा तुफान झैँ बस्लान् भन्ने सोचेका थिएनन् । चलचित्र हलबाट हटाइए पछि टेलिभिजनमा प्रिमियर गर्दा त्यहाँ पनि दर्शकबाट निकै माया पाएको छ ।
यो फिल्म कोभिड पछिको अवधिमा भारतको तेस्रो उच्च टीआरपी प्राप्त गर्ने फिल्म बन्यो। यो नयाँ रेकर्डसँगै फिल्मले शाहरुख खानको फिल्म ‘पठान’ र साउथ अभिनेता यशको फिल्म ‘केजीएफ २’ जस्ता फिल्मको टीआरपीलाई पनि पछाडि छोडेको छ ।
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

