नेपालको पहिलो वालेटमा आधारित रिकरिङ डिपोजिट स्वरूप खल्तीले सुरु गर्यो ‘स्मार्ट डिपोजिट’
काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा नै पहिलो पटक वालेटमा रिकरिङ डिपोजिट (RD) खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ। नेपालको अग्रणी डिजिटल वालेट खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको जनाएको छ।
यो सुविधा अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन्। बचतमा न्यूनतम रु १०० बाट सुरु गर्न सकिने यस सुविधामा अन्तराल दैनिक, साप्ताहिक वा मासिक अनि बचतको अवधि ६ महिना देखि ६० महिनासम्म छनोट गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने RD ब्याज दर अनुसार नै लागु हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपमै आफ्नो डिपोजिटको स्ट्याटस ट्रयाक गर्न पाउनेछन् भने रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुनेछ।
बचतको बानी र सरल वित्तीय पहुँचका लागि यो सुविधा निकै नै उपयोगी रहने र हरेक व्यक्तिले यस ‘डिसिप्लिनरी इन्भेस्टमेन्ट टुल’ बाट लाभ लिन सक्ने कुरा खल्तीका बिजनेस पार्टनरसिप प्रमुख बसन्त दाहाल बताउँछन् ।
“यस सहकार्यबाट सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ” मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिलसिनाले भने “खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहनु भएका सम्पूर्ण प्रयोगकर्ताहरूले सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नु हुनेछ। यसले वित्तीय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुने साथै आर्थिक कारोबार गर्न झनै सहज हुने विश्वास गरेका छौँ।”
रिकरिङ डिपोजिटलाई वित्तीय अनुशासनको एक माध्यम मानिन्छ जसले बचत र लगानीका लागि प्रोत्साहन दिन्छ । यस किसिमका डिजिटल वित्तीय सेवा सुविधा सुरु हुनु डिजिटल नेपालका लागि आवश्यक इकोसिस्टम विकासमा हामी अझ अगि बढिरहेका छौँ भन्ने उदाहरण दिएको बताइएको छ ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

