यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
काठमाडौँ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको छ, किनकि यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौँदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको जनाइएको छ।
यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न भइरहेको बताइएको छ। एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ।
यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ। देशभरिका सबै शोरूमहरूमा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिने छन्।
यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सव मात्र नभई, हामी सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको जनाइएको छ।
यामाहा नेपालका सीइओ दीपक अग्रवालले गर्वका साथ भने, “यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले संचालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको छ। नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ। इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुईपाङ्ग्रे सवारी साधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं। हामी सबै यामाहा प्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालाहरूलाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं।”
एमएडब्लू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एकको रूपमा स्थापित भइसकेको जनाएको छ। कम्पनीका अनुसार, उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। नेपालभरका टचपोइन्टहरूमा प्रिमियम अनुभव र दक्ष जनशक्ति विकासमा समर्पित यामाहा, आगामी दिनहरूमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धतासाथका साथ अघि बढिरहेको बताइएको छ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री