६०० मिलियन वर्ष पहिले एक दिन २४ होइन, २१ घण्टाको हुन्थ्योः अध्ययन
काठमाडौं । विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ ।
एक दिनमा कति घण्टा हुन्छ ? तपाईं यो प्रश्न धेरै सजिलै जवाफ दिन सक्नुहुन्छ– २४ घण्टा । तर, हालैको एक अनुसन्धानले ६० करोड वर्ष पहिले एक दिन २४ को होइन, २१ घण्टाको थियो भन्ने दावी प्रस्तुत गरिएको छ।
यो कुरा सुनेपछि तपाईलाई पत्यार नलाग्न सक्छ तर हामी तपाईलाई विज्ञानको यस्तो अध्ययन बताउँछौं, जसले तपाईलाई हामीले भनेको कुरा बुझ्न र विश्वास गर्न सजिलो हुनेछ। दिनमा २४ घण्टा अर्थात ८६ हजार ४०० सेकेन्ड हुन्छ।
दिनको २४ घण्टा भनेको पृथ्वीलाई एक पटक घुम्न लाग्ने समय हो तर पृथ्वी ठ्याक्कै समान रूपमा घुम्दैन्। सामान्यतया, पृथ्वीको परिक्रमा बिस्तारै सुस्त हुँदै जान्छ। जसका कारण दिनको लम्बाइ औसतमा १.८ मिलिसेकेन्ड प्रति शताब्दीले बढ्छ। यसको मतलब ६०० मिलियन वर्ष पहिले एक दिन मात्र २१ घण्टा लामो थियो।
समयसँगै दिनको लम्बाइमा हुने यो परिवर्तन धेरै कुराको कारणले हुन्छ । जसमा चन्द्रमा र सूर्यको ज्वारीय प्रभाव, पृथ्वी भित्र कोर–मन्टल युग्मन र ग्रहमा द्रव्यमानको वितरण समावेश छ। यससँगै भूकम्पको गतिविधि, हिमनदी, मौसम, महासागर र पृथ्वीको चुम्बकीय क्षेत्रले पनि दिनको लम्बाइलाई असर गर्छ।
सन् २०२० मा वैज्ञानिकहरूले एउटा चकित पार्ने खोज गरेका छन् । पृथ्वी सुस्त हुनुको सट्टा तिब्र गतिमा घुम्न थालेको उनले पत्ता लगाएका थिए । यो अब पछिल्लो ५० वर्ष मा कुनै पनि समय भन्दा छिटो घुमिरहेको छ। जहाँ एक समय पृथ्वीको परिक्रमा सुस्त भएको खुलासा भएको थियो । यसैबीच, अध्ययनले अहिले यो बढ्दै गएको खुलासा गरेको छ।
यसले जीवनमा कस्तो प्रभाव पार्छ ?
अहिले सम्म वैज्ञानिकहरू पृथ्वीको परिक्रमा दरमा यो वृद्धिको कारण के हो भनेर पूर्ण रूपमा पक्का गर्न सकेका छैनन्। तर कसै कसैले २० औं शताब्दीमा हिमनदी पग्लनु वा उत्तरी गोलार्धका हिमनदीहरूमा ठूलो मात्रामा पानी जम्मा भएको कारण हुनसक्ने सुझाव दिएका छन्। तर, विज्ञहरूले पृथ्वीको परिक्रमामा भएको यो बृद्धि अस्थायी भएको अनुमान गरेका छन् । र, यो छोटो समयको लागि मात्र हो। भविष्यमा पृथ्वी एक पटक फेरि सुस्त हुन थाल्नेछ।
तर, अब प्रश्न उठ्छ कि अहिलेको लागि के हामीले चिन्ता लिने ? नलिने । किनभने, यसले हाम्रो दैनिक जीवनमा कुनै असर गर्दैन तर जीपीएस स्याटेलाइट, स्मार्टफोन, कम्प्युटर र सञ्चार सञ्जालजस्ता प्रविधिहरू माथी भने गम्भीर असर पर्न सक्छ, ती सबै अति सटीक समय प्रणालीमा निर्भर हुन्छन्। तर, यस्ता समस्यालाई नियन्त्रण गर्न सकिन्छ भन्नेमा बैज्ञानिक ढुक्क रहेका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
