• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ चैत २०८२, सोमबार
१६ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • ११ घण्टा 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • १५ घण्टा 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • १७ घण्टा 

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध
  • १८ घण्टा 

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १९ घण्टा 

यमाहा नेपालद्वारा ”नाउ आइ एम ७१.३३ केएमपिएल” अभियान सार्वजनिक
  • १ दिन 

२०८२ चैत १६ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २ दिन 

फोर्ड नेपालले ल्यायो विशेष अफरः फोर्ड एसयूभी वा पिकअप किन्दा एउटा इभी गाडी सित्तैमा
  • २ दिन 

लुम्बिनी ट्रक व्यवसायी सङ्घको १४औँ साधारण सभा सम्पन्न, भाडा समायोजन र नीतिगत सुधारको माग
  • २ दिन 

लोकप्रिय समाचार

  • १. मंगलबार नेपाली बजारमा घट्यो सुनको मूल्य,चाँदिको मूल्य भने महँगियो

  • २. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ४. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

  • ६. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ७. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ८. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ९. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • १०. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

जानकारी केन्द्र २०८२, असार, २८

काठमाडौं । क्याटलले गत जुन ३० मा चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र CTP2.0 (Cell-to-Pack) प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यससँगै क्याटलको चोंगकिंगमा पहिलो प्रडक्सन बेस स्थापना भएको छ भने “फ्याक्ट्री-इन-फ्याक्ट्री”  सहकार्य मोडेल प्रयोग गरिएको पनि यो नै पहिलो अवसर भएको बताइएको छ।

यस “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलले मुख्य कम्पोनेन्ट सप्लायरहरूलाई गाडी उत्पादन प्लान्टभित्र सिधै जोड्ने काम गर्दछ। सेरेसका अनुसार, यस प्रणालीले २० मिनेटभन्दा कम समयमा कम्पनी डिरेक्टिभ अनुसार उत्पादन लाइनमा एडजस्ट गर्न सक्छ र हजारौं कम्पोनेन्टहरू दैनिक रूपमा आपूर्ति भई सोही दिनमै उत्पादन प्रक्रियामा समावेश समेत गर्न सकिन्छ।

क्याटलका अध्यक्ष तथा सीइओ डा. रोबिन जेङका अनुसार, “सुरु गरिएको उत्पादन लाइन क्याटलको हालसम्मकै सबैभन्दा अत्याधुनिक, स्मार्ट र डिजिटल उत्पादन लाइन हो।”

सेरेस र क्याटल बीचको स्ट्राटेजिक पार्टनरशिप सन् २०२२ को अगस्टमा भएको सम्झौताबाट सुरु भएको हो, जुन समयसँगै अझ बलियो हुँदै आएको जनाइएको छ। उक्त सम्झौता अनुसार, आइटो ब्रान्डका सबै सवारीहरूमा आगामी पाँच वर्षसम्म केवल क्याटलको पावर ब्याट्री प्रयोग गरिनेछ र नयाँ आइटो मोडेलहरूमा क्याटलको किलिन ब्याट्री पूर्ण रूपमा समावेश गरिनेछ।

आइटो ब्रान्ड सेरेस र हुवाएको संयुक्त परियोजना हो, यद्यपि यो औपचारिक रूपमा गरिएको संयुक्त लगानी भने होइन। सन् २०२४ को जुलाईमा, सेरेसले हुवाएसँग आइटोको ट्रेडमार्क र प्याटेन्टहरू २५ लाख युआन (अन्दाजी ३४.४ मिलियन अमेरिकी डलर) मा खरिद गरेको थियो। हुवाए अझै पनि प्रमुख पार्टपुर्जा र सफ्टवेयर आपूर्तिकर्ताको रूपमा संलग्न छ र आफ्नै HIMA सेल्स नेटवर्क मार्फत आइटो ब्रान्डका सवारीहरू बिक्री गर्दै आएको बताइएको छ।

कम्पनीका अनुसार, आइटोले आफूलाई नयाँ पुस्ताको लक्जरी सवारी ब्रान्डको रूपमा प्रस्तुत गरेको छ र हालसम्म ७ लाखभन्दा बढी आइटो गाडीहरू बिक्री भइसकेका छन्। चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्री आइटोको प्रमुख उत्पादन केन्द्र रहेको जनाइएको छ।

क्याटलले अझै पनि पावर ब्याट्री बजारमा बलियो पकड कायम राखेको बताइएको छ। चीनको अटोमोटिभ पावर ब्याट्री इन्डस्ट्री इनोभेसन अलायन्सका अनुसार, यो वर्षको जनवरीदेखि मे महिनासम्म चीनमा जम्मा २४१.४ GWh पावर ब्याट्री स्थापना भएको थियो, जुन गत वर्षको तुलनामा ५०.४% बढी हो। यो अवधिमा क्याटलको योगदान १०३.२० GWh थियो, जसले बजारको ४२.९०% हिस्सा ओगटे पनि गत वर्षको तुलनामा भने ३.८३ प्रतिशत अंकले घटेको छ।

पावर ब्याट्रीका अलावा क्याटल र सेरेसबीचको सहकार्य जिरो-कार्बन लक्ष्यतर्फ पनि विस्तार भएको छ। सन् २०२५ को अप्रिलमा, दुबै कम्पनीले सेरेस सुपर फ्याक्ट्रीमा ५० MWh क्षमताको सौर्य ऊर्जा परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरी राष्ट्रिय ग्रिडमा जडान गरेका थिए, जसले कारखानाका लागि पनि कोर ग्रीन इनर्जीको आपूर्ति गर्ने जनाइएको छ।

  • Seres
  • सेरेस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

ताजा

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला

सरकारले लगायो ब्रिज कोर्स कक्षा सञ्चालनमा पूर्ण प्रतिबन्ध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.